Breaking

गृहमन्त्रीको राहदानी विभागमा अनुगमन, बिचौलियाको भागाभाग


काठमाडौँ — त्रिपुरेश्वरस्थित राहदानीविभागमाबिहानझिसमिसेदेखि नै सर्वसाधारणको लाइनलाग्ने गरेको छ । राहदानीलिनकालागिफारम भर्ने, बायोमेट्रिक गर्ने र बनिसकेको राहदानीलिने गरी तीन वटा छुट्टाछुट्टै लाइनलाग्ने गरेको छ ।यो लाइनप्रति सरकारको नजर पुगेसँगै झण्झटबाट मुम्तीपाउने आश सर्वसाधरणमा देखिएको छ ।
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलेपुष १०गते तेस्रो पटक प्रधानमन्त्रीको रुपमामुलुकको कार्यभार सम्हालेरकार्यकक्षबाट बाहीरीदै गर्दा राहदानीविभाग र यातायातमा देखिने लामालामालाईन बस्नु पर्ने बाध्ययता छिट्टै हटाउने बताएकाथिए ।

प्रधानमन्त्रीको भनाई सँगै गृहमन्त्री रविलामिछानेको नजरमापनि यो विषयमा परेको देखियो । सर्वसाधरण भने विहान ४ बजेबाट लाईनमा बस्न बाध्य छन् । आ-आफ्नो प्रदेशबाटै पासपोर्ट बनाउने सुविधाभए यस्तो दुःखनहुने सर्वसाधरण बताउछन् ।बिहानै लाइनमा बस्ननआएपालो नै आउँदैन । बाध्यभएर चिसोमालाइनमा बस्नु परेको छ । छिटो कामहोसभनेर राति नै लाइन बस्न पुगेका सर्वसाधरण सिस्टम नचलेको नाममाथपदुःखभोग्नबाध्य छन् ।

पैसा तिर्दा पनि सजिलोसँग सेवानपाएको सेवाग्राहीको दुखेसो छ । राहदानीविभागमात्रहोइन, शिक्षामन्त्रालयमाएनओसी लिनदेखि सवारी चालकअनुमतिपत्र र चाडपर्वमा घर जानकालागिबसको टिकट काट्न पनिवर्षौंदेखि सर्वसाधारणले यस्तै सास्ती खेपिरहनु परिरहेको छ ।

नयाँ सरकार गठन गरेसंगै उपप्रधानमन्त्रीतथा गृहमन्त्री रवि लामिछाने राहदानीविभागको अनुगमनमापुगे । बुधबार दिउँसो उनीत्रिपुरेश्वरस्थित राहदानीविभागमापुगेका थिए।राहादानीकालागि घन्टौं लाईनमा बस्नु पर्ने जटिल समस्यात्यसमाथीबिचौलियाको दबदवाका कारणले आजितभएका सर्वसाधरण रविले समस्या समाधानगर्ने बताएपछि आशावादी देखिएकाथिए ।

राहदानीमा भिडक लाग्नुमाविचौलियापनिगतिलै भूमिका देखिन्छ । विचौलियाले यति बेलागाउँ घर बाट शहर आएकाहरुबाट रकमअसुलेर राहदानीबनाईदिने आश्वासनमाप्रणालीलाई झण्झटिलो बनाउने कामगरिरहेका छन् । नयाँ सरकार आएसंगै गृहमन्त्री लामिछानेले१५ देखि २० दिनभित्र सम्ममाजिल्ला जिल्लाबाट राहधानीवितरण हुने व्यवस्थामिलाउने बताउँदै आएका छन् ।

सरकारको पहिलो प्राथमिकतापरेको राहदानीको भिड हटाउने रहे पनि यो कामत्यति सहजभने देखिदैन । अहिले पनि राहदानीकालागि ३÷४ दिन देखिसेवाग्रांहीहरु लाईनमा छन् तर विचौलीयाले बढि पैसा असुलेर भित्रभित्रै कामगर्ने गरेकाछन् । जसका कारण सोझासिदानागरिक घण्टौ देखि झ्याल कुरेरपालो पर्खिरहेकाहुन्छन् । लामिछानेले पदमाआसिनभएको केहीदिनमै फिल्डमै पुगेर समस्या समाधानगर्ने प्रतिवद्धता जनाएपछि भने विचौलीयाको पनिभागाभागभएको छ भने सर्वसाधरणले पनि राहतको महसुस भने गरेका छन् ।