Breaking

स्व. राजा वीरेन्द्रको जन्मजयन्ती मनाइँदै


काठमाडौँ — आज पुस १४ गते स्व. राजा वीरेन्द्रको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म २००२ साल पुस १४ मा भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदै छ । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्वहाली गर्ने निर्णय गरेका थिए ।

त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ।

इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो। तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ। त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन्।