Breaking

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलोपटक बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्दै


काठमाडौँ — सत्तारुढ गठबन्धनको बैठक बजे बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

प्रचण्ड सचिवालयका अनुसार बिहान ९ बजेका लागि बैठक तय भएको छ। प्रधानमन्त्री प्रचण्ड बालुवाटार सर्नुअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधबार दिउँसो खुमलटार पुगेका थिए । खुमलटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच साढे २ घन्टाभन्दा बढी छलफल भएको थियो।

सो छलफलपछि संचारकर्मीसँग कुरा गर्दै मल्लले बिहीबार पुनः बालुवाटारमा छलफल हुने बताएका थिए। सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुबीच आज छलफल हुने मल्ले बताएका छन् ।

आजको बैठकबाट मन्त्रालय भागवण्डा लगायतका विषयमा छलफल हुने उनले बताए। साथै, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी गराउनेबारे पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड बुधबार साँझमात्र सरकारी निवास बालुवाटार सरेका हुन्। उनी बालुवाटार सरेपछि आज पहिलोपटक सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल हुने भएको हो।