Breaking

स्वार्थले बनेको सरकार जुनसुकै बेला ढल्न सक्छ : डा. भीम रावल (भिडियोसहित)

'सुशासन र स्थायित्वको अपेक्षा नगरौँ'


काठमाडौँ – सत्ता समिकरण फेरिएसँगै संसदको तेस्रो दलमाओवादी केन्द्रकाअध्यक्ष तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभएको छ । सातदल र ३ स्वतन्त्रको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको यात्रा अवसरसँगै चुनौतीको घेरामा छ । शक्ति सन्तुलन र नयाँ तथा पुराना राजनीति कदलको चित्तबुझाउन प्रधानमन्त्री प्रचण्डलाई सहज छैन । तर, फरक आस्था, विचार र पृष्ठभूमिका दलहरूलाई समेटेर जान सहज छैन । सत्ता गठबन्धनलाई मिलाइराख्नु आफैँमा चुनौतीपूर्ण छ । अनुभवी प्रतिपक्षको सामनागर्न पनि प्रचण्डलाई त्यति सहज छैन ।

३२ सिटमा खुम्चिएको माओवादी केन्द्र सरकारको नेतृत्वगर्ने तहमा पुगेको छ । निर्वाचनको सहयात्री पहिलो दल कांग्रेसलाई सत्ता बाहिर राखेर दोस्रो, तेस्रो, चौथोलगायतका दलहरूसँग मिलेर प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति अनुसार प्रधानमन्त्री पद नछाडेको भन्दै वाकयुक्तसहित नयाँ गठबन्धनमा होमिएका प्रचण्ड अन्ततःओलीको साथ र समर्थनमा प्रधानमन्त्री बनेका छन् । प्रचण्ड कार्यकारीको भूमिकामा रहे पनि सत्ताको साँचो भने बालकोटमै रहनेछ । अर्थात एमालेको योजना र चाहना भन्दा बाहिर गएर प्रचण्डले कुनै पनि निर्णय गर्न सक्दैनन् ।
व्यवस्था परिवर्तनसँगै राजनीतिक समिकरणमा पटक–पटक फेरबदलआए पनि आधारभूत तहका जनताको जीवन स्तरमा परिवर्तन आउन सकेको छैन । नयाँ सरकार सँग जनताका थुप्रै आशा र अपेक्षा हुन्छन् । तर, ती आशा र अपेक्षा पूरा हुन नसक्दा छोटो अवधिमै जनतामा निराशा छाउने गरेको छ । नयाँ सरकारको भविश्यकस्तो हुन्छ भन्ने विषय नीति तथा कार्यक्रम र कार्यशैलीमा भर पर्ने छ । यसै सन्द्रर्भमा योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा नेकपा एमालेका नेता डा. भीम रावलसँग गरिएको कुराकानी :