Breaking

ओली र माधव मिलाउन नेताहरुको दौडधुप,प्रचण्ड नै मध्यस्तकर्ता,एमाले हुन सक्छ सवैभन्दा ठुलो दल


काठमाडौँ — अनपेक्षित रुपमा प्रचण्ड–ओली एक भएपछि चिन्ता गरिएका व्यक्ति माधवकुमार नेपाल एमाले फिर्तीको चर्चा सुरु भएको छ । कटु आलोचना र तल्लो स्तरको गालिगलौजमा उत्रिएका दुई पात्रको मिलनसंगै त्यसमा तेश्रो पात्र माधव पनि समेटिने गरिने छलफल अघि बढेको छ । कति सम्भव छ त ओली –नेपाल मिलन ?आफू प्रधानमन्त्री हुने बाटोमा कांग्रेस तगारो बनेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैले वार्दलीमा पुर्याएका केपी ओली भेट्न त्यहि वार्दलीमा पुगे ।

एकातर्फ गालीगलौजको तल्लो स्तरमा उत्रिएका दुईपात्र अनि वाम गठबन्धन हुने कुनै सम्भावना नभएको दुवैको दावीका वीच यहि छलाङले प्रचण्ड प्रधानमन्त्री भए । तर यहि चमत्कारिक कदममा दुखित चेहराका रुपमा देखिएका थियो उनकै आडभरोसामा हिडिरहेको नेकपा एकीकृत समाजवादी पार्टी र त्यसका अध्यक्ष माधवकुमार नेपाल । उनी प्रचण्ड ओली मिलन तत्काल नहोला भन्ने कांग्रेस सभापती शेरबहादुर देउवाको विश्वासको एक आधार समेत हुन ।

फलत ः प्रचण्डको कदमले विरक्तिएका नेपालले छलफल नै नगरि ओलीसंग मिल्न गएको सम्म अभिव्यक्ति दिए । तर अव उनको यात्रा पनि एमालेसँगको मीलनतर्फ अघि बढेको छ ।ओलीको साथले प्रधानमन्त्री बनेका प्रचण्डले नेपाललाई एक्लै नछाड्ने विश्लेषणकै वीच नेकपा एकीकृत समाजवादीलाई एमालेमा समाहित गर्ने गरी आन्तरिक रुपमा छलफल अघि बढेको छ ।

बिगतका तिक्तता बिर्सेर अब कम्यूनिष्ट पार्टी एकजुट भएर जानु पर्ने भन्दै एमालेका नेताहरुले नेपाल निकटका नेताहरुसँग कुराकानी गरेका छन् भने प्रचण्ड ओली मिलन गराएकै एमालेका दोश्रो तहका नेताहरु यसमा सक्रिय भएका हुन ।यसअघि पुस १० गते राष्ट्रपति कार्यालमा नेपालर ओलीविच नै भेट भएको थियो भने यहिवीचमा ओलीले माधवलाई भेट्न वालकोट नै वोलाएका थिए । तर यसले राम्रो सन्देश नजाने भन्दै नेपालले उल्टै ओलीलाई नै कोटेश्वर वोलाएका थिए । यता सुवास चन्द्र नेम्बाङ र पृथ्वीसुब्बा गुरुङ तमाधवका सम्धी समेत रहेका एकीकृत समाजवादीका नेतासोमप्रसाद पाण्डेको घरमै पुगेका थिए ।

बुधबारमात्रै माधव फकाउन कोटेश्वर पुगेका पनि पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतले पनि पार्टी एकताका लागि नेपाल सकारात्मक रहेको बताएका छन । दुई नेताबीचको भेटमा सहभागी एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले दुवै पार्टी मिलाउने प्रयास अघि बढिरहेको र आफूले पनि एकताकै सुझाब दिएको बताँउदा खुमलटारमा भएको ओली प्रचण्डको भेटमा समेत यो विषयमा छलफल भएको छ ।

प्रचण्ड स्वयमले समेत नेपाललाई समेट्न मध्यस्तता गरिरहदाँ एमालेबाट राष्ट्रपतिका आकंक्षी रहेका सुवासचन्द्र नेम्बाङले नेपालका लागि आफू त्याग गर्न तयार रहेको बताएका छन । आफू सक्रिय राजनीतिमा रहने र नेपाललाई राष्ट्रपतिमा व्यवस्थापन गर्न सकिने उनको सुझावका वीच संसदकै ठुलो दल बन्न सक्ने फाईदाले ओली पनि सकारात्मक देखिएका छन । प्रतिनिधि सभामा दोस्रो ठूलो दल रहेको एमालेसंग प्रत्यक्ष र समानुपातिक गरेर गरेर ७८ सिट छ । जसमा समाजवादीका १० सांसद थप्ने मुडमा रहेका ओलीले स्वतन्त्र सांसदलाई पार्टी प्रवेश गरेर मन्त्री बन्न अफर नै गरेका छन ।

जसमा रौतहट २ बाट निर्वाचित स्वतन्त्र सांसद किरणकुमार साह सकारात्मक रहेका छन भने प्रधानमन्त्री प्रचण्ड निकट अर्का स्वतन्त्र सांसद प्रभु साह पनि माओवादी प्रवेश गरेर मन्त्री बन्ने सम्भावना बलियो छ । जहाँ कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएर निर्वाचित भएका अमरेशकुमार सिंह पनि मन्त्रीकै अफर आएपछि के गर्ने भन्नेमा छलफलमा छन । त्यसो भए ८९ सिटे कांग्रेसले उछिनेर एमाले संसदकै ठुलो दल बन्ने छ । ठुलो दल भए प्रचण्डलाई कसी लाउन सकिने र वाम एकताको सन्देश दिन सकिने अर्को फाईदा समेत एमालेलाई हुने छ । यहि वुझेकै कारण विगतमा प्रचण्डलाई नेतृत्व मान्नुपरे नोट अफ डिसेन्ट लेख्ने भन्ने एमाले नेताहरु समेत पार्टीको निर्णय शिरोपर गर्ने र काधै हालेर अघि बढ्ने सम्मको अभिव्यक्ति दिईरहेका छन ।

प्रचण्डको लहैलहैमा पार्टी फुटाएका नेपाल पनि अहिले उनकै धोकाले घर न घाटको अवस्था छन । अर्कातर्फ तत्काल निर्णायक कदम नचाले आफ्ना केहि सांसद समेत एमालेतर्फ नै गएर मन्त्री बन्ने बुझेका उनलाई आफ्नो दल जोगाउनै गाह्रो पर्ने अवस्था छ । फलत ः नेपालका लागि समेत यो राम्रो अवसरका हो । यद्यपी नेपालविगतको जस्तो धोका नहुने गरी ओलीबाट विश्वासिलो आधार खोजिमा छन ।फलत ः एकताको पक्षमा रहेका नेताहरु ओली र नेपालबीच पनि चाँडै भेटघाट र छलफल हुने वातावरण निर्माणमा लागि परेका छन् । जहाँ उनीहरु आत्माआलोचना गरेर अघि बढ्ने निष्कर्षमा पुग्छन कि ईगो कै लडाईमा लाग्छन त्यो हेर्न भने केहि समय कुनुपर्ने हुन्छ ।