Breaking

प्रचण्ड प्रधानमन्त्री भएपछि चीनको उपहार, खुल्यो नाका, वीआरआई र अरु योजना अघि बढ्दै


काठमाडौँ — नेपालकोआन्तरिक राजनीतिमाविदेशीशक्तिको चासो नयाँहोइन । तर कुटनीतिक अपरिपक्वता र विचलनका कारण नेपालमाविदेशीशक्तिकोचासो मात्रनभएर चलखेल नै हुने गरेको छ । आन्तरिक राजनीतिमादुई छिमेकीमुलुकमात्रहोइनमित्रराष्ट्रको समेतप्रत्यक्षप्रभावपर्दै आएको छ । संसदीयनिर्वाचनपछि कम्युनिष्ट शक्तिको सरकारबन्न साथउत्तरको छिमेकीचीनको सक्रियतायत्ति बेलाचासोको विषयबनेको छ ।

संसदीयनिर्वाचनको चुनावीपरिणाम आई नसक्दै स्वास्थ्यउपचार गराउनचीनपुगेका माओवादी केन्द्रकानेतावर्षमानपुनको चीनयात्रालाईसिधै सरकार गठनसँग जोडेर हेर्ने जमात ठूलो थियो । नेपालमा कम्युनिष्टकै सरकार बनोस् भन्ने चिनको चाहाना र विश्वासिलो पात्रमध्येका एक नेतापुनको चीनयात्राउनको उपचार मात्रनभई नेपालका कम्युनिष्टहरुकै उपचार खोज्न गएको भन्ने व्यङग्यात्मकविश्लेषणमा पनि बल पुगेको छ । चीनबाट फर्किए लगत्तै बालुवाटारमापुनको गर्जननयाँ सरकार गठनमा चीनको सक्रियताको अर्को संकेतबन्यो । कम्युनिष्ट नेतृत्वको सरकार जोगाउन सक्रियभएपनि राजदुत यान्छी असफलभइन् ।

कार्यवहाक राजदुतको भरमा रहेको दुतावास आफ्नै सक्रियताखासै नदेखिएपनिओली प्रचण्डको मिलन रहस्यमयबन्दैछ । अर्कोतर्फ प्रचण्ड नेतृत्वको सरकार गठन हुना साथ कोरोना महामारी नै मुख्य कारण देखाउँदै ठप्प पारिएको नाकाएकाएकदुईतर्फी सुचारु गर्नु, काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यताअध्ययनगर्न तत्कालचीनबाट प्राविधिक टोली नेपालआउनु, चक्रपथविस्तारको कार्यक्रमले प्रभावकारीतापाउनुले चासो थप बढेको छ ।चीनजानकारहरु भने यसलाई संयोग मात्रभएको दावी गर्छन ।

विगततीनवर्षदेखि ठप्पनेपाल–चीनबीचमुख्यव्यापारिक नाकाकेरुङ रसुवागढी नाकाबुधवारबाट दुईतर्फी सञ्चालनमाआएको छ । चीनमा कोरोना संक्रमण उकालोलागिरहँदा साँच्चिकै चीनकोनयाँनीतिको प्रभावहो या नेपालमा कम्युनिष्ट उदयकलाई अर्थपूर्ण सहयोग भन्ने प्रश्न टड्कारो रुपमा उठेको छ । नेपालमा कम्युनिष्टको सरकार बने चीनतर्फ ढल्किने र कांग्रेस नेतृत्वको सरकार गठन हुँदाभारत अमेरिकातर्फ ढल्किएको आरोप नयाँहोइन । नेताहरुको व्यवहारका कारण पनि यो विषयथपव्यवहारत झल्किने गर्दछ । प्रधानमन्त्री प्रचण्डलाईसमेत यो प्रश्न तेर्सिन थालिसकेको छ ।

विचलनमा रहेको वैदेशिक सम्बन्धलाई सवलीकरण गर्दै अर्थ कुटनीति मार्फत मुलुकको विकास र समृद्धिमा प्रचण्ड नेतृत्वको सरकार कति सक्षम हुन्छभन्ने विषयआफैमाचासोपूर्ण छ । सीमाविवादकै कारण शित युद्धको अवस्थामा रहेको भारत र चीनलाई नेपालको फाइदामाप्रयोग गर्न कुटनीतिक कौशलताप्रयोग समेत महत्वपूर्ण हुने छ ।