Breaking

उपसभामुख पदमा रास्वपाको पनि दाबी


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख पदमा पनि दाबी गरेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार निर्माणमा निर्णायक रहेको रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भइसकेका छन् । उपराष्ट्रपति, उपसभामुख र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न बुधबार दिउँसो २ बजे सत्तारुढ दलहरुको बैठक बोलाइएको छ ।

रास्वपाका एक सांसदका अनुसार पार्टी नेतृत्वले उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गरिरहेको छ । पार्टी सभापति लामिछानेले आफूले पार्टीलाई धेरैभन्दा धेरै लाभ हुने गरी काम गर्ने भनेकाले धेरै छलफल नभएको उनले सुनाए । उनी भन्छन्, ‘उपसभामुख र ५ वटा मन्त्रालयका लागि लबिङ गर्ने भन्ने छ ।’