Breaking

ज्योतिषीलाई साइत हेराएर आज बालुवाटार सर्दै प्रचण्ड


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निजी निवास खुमलटारबाट सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालय स्रोतले बताएको छ । स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर बालुवाटार छाडी धुम्वाराहीमा सरेका छन् ।