Breaking

सरकारलाई समर्थन गर्न नेपाललाई आग्रह


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

आज बिहान भएको भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन् । भेटमा नेपालले आफूसँग सल्लाह नगरेको गुनासो गरेका थिए । त्यसपछि प्रचण्डले नयाँ समिकरण बन्ने क्रममा एकीकृत समाजवादीसँग सल्लाह नगर्नु आफ्नो गल्ती भएको स्वीकारेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि नयाँ सत्तागठबन्धन बनेको छ । एमालेसहित ७ दल र तीन स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्री बनेका छन् ।