देश

दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान


काठमाडौँ— प्रदर्शनीमार्गमा रहेको रत्न राज्यलक्ष्मी (आर आर) क्याम्पसमा विद्यार्थीका दुई समूहबीच खुकुरी हानाहान भएको छ।

प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेश मैनालीका अनुसार स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरूबीच विवाद हुँदा खुकुरी प्रहारभई केही विद्यार्थी नेता घाइते भएका छन्। प्रहरीले तीन जना घाइते भएको बताएपनि उनीहरूको परिचय खुल्न भने सकेको छैन।

मोडेल अस्पतालमा उपचार भैरहेको छ। झडपमा सहभागी केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ।