Breaking

सरकारमा जाने वा नजाने टुंगो लगाउन राप्रपाको बैठक


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ ।

बैठकमा सरकारमा सहभागिता हुने वा नहुने भन्ने विषयमा छलफल हुने महामन्त्री भुवन पाठकले जानकारी दिए ।

राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देन तथा वरिष्ठ उपाध्यक्षले पार्टी सरकारमा सहभागी हुन नहुने बताएका छन् ।