Breaking

प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्ने


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीवार बालुवाटार सर्ने भएका छन् ।

सोमबार प्रधानमन्त्रीको शपथ लिएका उनी शेरबहादुर देउवाले निवास नछोडेकाले बालुवाटार सर्न पाएका थिएनन् । अब बिहीबार सर्ने तयारी भएको प्रधानमन्त्रीको सुरक्षा स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीले बुधबार बधाई र शुभकामना कार्यक्रम पनि स्थगित गरेको छ । प्रधानमन्त्री नियुक्त भए लगत्तै बधाई दिन निवास जाने संख्या एक्कासी बढ्दा मानिसको व्यवस्थापन गर्न सचिवालय र सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।

मंगलबार मात्र ६ सय बढीले भेटेर बधाई र शुभकामना दिएका थिए । जनताको काम गर्न सोच्नुपर्ने, योजना बनाउनुपर्ने बेला शुभकामना र बधाईमै समय बितेपछी सचिवालयले बुधबार अत्यावश्यक बाहेकका भेट बन्द गरेको जनाएको छ ।