Breaking

प्रचण्डले ओली रिझाउँदै सत्ता टिकाउन सक्लान्,के–के छन त प्रचण्ड सरकारका चुनौती


काठमाडौँ — संसदीयनिर्वाचनपछि सत्ताको वागडोर माओवादी केन्द्रकाअध्यक्ष प्रचण्डले सम्हालेका छन् । पाँचदलिय गठबन्धनलाई धोका दिएर,एमालेको साथमासत्ताहत्याउन सफल प्रचण्डको काधमाडामाडोलको स्थितिमा रहेको मुलुकलाई निकास दिनुपर्ने जिम्मेबारी आएको छ ?प्रचण्ड नेतृत्वको सरकारकाचुनौति के के छन् त ? पाँचदलिय गठबन्धनलाई धोका दिएर सत्ताको रेस बाहिर रहेको एमालेसँगअपत्यारिलो ढंगलेसत्ता साझेदारकोहातमिलाउँदै मुलुकको ४४ औं प्रधानमन्त्रीबने प्रचण्ड । चुनावी अंकगणितमा संसदको तेस्रो दलभएर पनि राष्ट्रिय राजनीतिमा निर्णायकमाओवादी केन्द्रले राजनीतिक कोर्ष नै परिवर्तन गरेर आफ्नो नेतृत्वमानयाँ सरकार गठन गर्न प्रचण्ड सफलबने ।

नेकपाएमाले अध्यक्ष के.पीशर्मा ओली सहित७ वटा दलकोबलमाप्रचण्डले सत्ता सम्हालेका छन् । प्रधानमन्त्रीभएलगत्तै प्रचणले मुलुकको अर्थतन्त्र सुधार, सुशासन र नागरिकको जनजीविकामाजिम्मेवार बन्ने अठोटव्यक्त गरेका छन ।त्यसो त प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारका लागिचुनौतिको चाङ छ । पाका र आलाकाँचानयाँ र पुराना, सत्तामा सामेल सबैलाई मिलाउँदै प्रतिपक्षमा रहेको संसदको ठुलो दललाई रिझाउँदै सत्ता टिकाउन जहज छैन । संकटग्रसत अर्थतन्त्र,सुशासन,अधोगतिउन्मुख वैदेशिक सम्बन्ध सुधार, संघियताको प्रभावकारीकार्यन्वयन जस्ता अनेकन चुनौतिको सामनानयाँ सरकारले गर्नुपर्नेछ ।

अर्कोतर्फ चुनावपछिको सरकार भएकालेआफ्नो मताधिकारको प्रयोग गरेका आममतदाताको अपेक्षा पूरा गर्नुपर्ने सरकारको दायित्व छ । आममतदातामाअपेक्षाभन्दावितृष्णा बढीरहेका बेलायसलाई आशामा परिणत प्रचण्डका लागित्यति सहज छैन । नयाँसरकार जनता र जनजीविकाभन्दा सत्ता स्वार्थमै केन्द्रितहुने विश्लेषण अहिलैबाट सुरु भई सकेको छ ।

प्रचण्डले नेतृत्वगर्ने सरकारमा सामेल दल र उनीहरुको विचारलाई समेट्दै सरकार टिकाउन प्रचण्डलाई फलामको चिउरा चपाएसरी हुने निश्चित छ । आफु केन्द्रितहुने प्रचण्ड पात्र र अहिले बनेको सरकारमा रहेका दलहरुबीचको सिद्धान्त हेर्दामुलुकपुनःराजनीतिकअस्थिरतामाजाने नेताहरुको विश्लेषण छ ।

ओलीको साथमा तेस्रो पटक मुलुकको प्रधानमन्त्री बनेका प्रचण्डलाई ओली रिझाउने विषय नै कमचुनौतिपूर्ण छैन । बाध्यताले प्रचण्डलाई सघाएपनिराष्ट्रपति र सभामुख जस्ता महत्वपूर्ण पद सहित महत्वपूर्ण मन्त्रालयमाएमाले रहने हुँदाओलीलाई नरिझाइप्रचण्डको यात्रा अघि बढ्ने छैन । अर्कोतर्फ काममार्फत नै आफ्नो आवश्यकताको पुष्टि गर्नेहुँकार सहित स्वतन्त्र पार्टीबाट संसद हुँदै गृहमन्त्री बनेका रवि लामिछाने सरकारमै रहेर प्रतिपक्षीको भूमिकानिभाउने अभिव्यक्तिले पनि प्रचण्डको सत्तायात्रासहननहुने अनुमानलगाउन सकिन्छ ।