Breaking

पहिलो मन्त्रिपरिषद्मै प्रचण्ड–रवि टक्कर,रविको छलाङले विरोधी हल्लिए,कसरी जोगाउँलान् नाकको डाँडी ?


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने गृहमन्त्री बनेसँगै चर्चा व्यापक बनेको छ । तर राजनीतिमा उनको छलाङ र सरकारमा जान गरेको हतारोले अनेक प्रश्न पनि उठाएको छ । टुडिखेलमा राखेर,उडेर, घुमाएर नाकको डाँडी भाँचिने गरि हान्न मन छ त्यो पनि एकएक गरि । विमानस्थलमा प्रहरीले गरेको ज्यादतीको कुनै प्रसंगमा पत्रकार छँदा रवि लामिछानेले यसै भनेका थिए । अहिले त्यही प्रहरीको नियामक निकाय गृहमन्त्रालयको बागडोर सम्हाल्ने सौभाग्य रविले पाएका छन् ।अब नाकको डाँडी भाँच्ने कि जोगाउने उनकै हातमा छ । हुनत् उनी राजनीतिमा आएको मात्र ६ महिना भयो ।

यहीबीचमा पार्टी दर्ता भएर निर्वाचनमा गयो, पुराना दलबाट आजित भएर नयाँ टेस्ट खोजेका जनताले २० सिट दिएर संसदमा पठाए । सत्तामा शक्तिशाली देखिएपछि प्रचण्ड नेतृत्वको सरकारमा उनी उपप्रधानसहित गृहमन्त्री बनेका छन् । नेपालको सत्ता इतिहासमा सायद रविमात्रै यस्ता पात्र होलान् जसले यति छोटो समयमा यति शक्तिशाली ओहदा आर्जन गरे ।रविको उदय र सरकारमाथिको छलाङले आलोचकका आँखाभरि रगत उम्लिएको छ । विरोधीका आँखाबाट आगो निस्किएको छ ।हिजो रवि जसको विरोध गर्दै विस्थापित गर्ने अभियानसहित उनी राजनीतिमा होमिए, अहिलेउसकै सारथी बनेर सरकारमा गएको भन्दै आलोचित बनेका छन् ।किनकि निर्वाचनअघि रविले त्यसै बोलेका थिए ।

राजनीतिमा आएपछि रविले सबैभन्दा धेरै विरोध ओली–प्रचण्डको गरेका थिए । रविलाई ओलीले एउटा केटो भनेर सम्बोधन गर्थे । प्रचण्डले टिप्पणी गर्न लायक पनि सम्झिएका थिएनन् । तर प्रचण्डलाई पत्तासाफ बनाउनका लागि उनी चुनाव लड्न चितवन नै पुगे । जोखिम देखेपछि प्रचण्ड चितवन छोडी गोरखा हानिए । तथापी दुवै निर्वाचित भएर आए, दूश्मनी दोस्तीमा बदलीयो । आफुलाई प्रधानमन्त्री बनाउन रवि अघि सरेपछि आफ्नो पार्टीका बर्षमान पुन र नारायणकाजीश्रेष्ठको दाबी रहँदारहँदै पनि प्रचण्डले रविलाई गृहमन्त्री दिए ।यसमा ओली पनि सहमत छन् । तर सबैभन्दा चुनौतीपूर्ण मन्त्रालय दिएर ओली–प्रचण्डले कोखमा रहस्य लुकाएका छन् । किनकि सुरुमा रविको आकांक्षा सञ्चारसहित सरकारको प्रवक्तामा थियो ।

पछि गृह पाएपछि उनले मन्त्रिपरिषद्को पहिलो बैठकमै प्रवक्ता बन्न प्रधानमन्त्री प्रचण्डले गरेको प्रस्ताव ठाडो रुपमा अस्विकार गरेका छन् ।पहिलो क्याविनेटमै आफुमाथि टक्करमा उत्रिएका रविको अस्विकारपछि प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई प्रवक्ताको जिम्मा दिएका छन् ।गर्छु भन्ने हुटहुटी भएकालाई पनि मन्त्री दिएको भन्दै प्रचण्डले कटाक्षजस्तो प्रतिक्रिया दिएका छन् ।

नागरिकता विवादमा रवि आफै मुद्धा झेलिरहेका छन् । जहाँबाट उनको नागरिकतामाथि छानबिन भइरहेको छ, त्यही मन्त्रालयको नेतृत्वमा गएको भन्दै आलोचना नभएको पनि होइन । रविले अरुभन्दा फरक उदाहरण दिन सक्नुपथ्र्याे । सबैभन्दा बढी स्वार्थ बाँझिने मन्त्रालयमा पुगेर आफुलाई निष्कलंक राख्नु उनको चुनौती हो । किनकि ओली–प्रचण्ड र देउवाजस्ता विकृत पात्रको विकल्प भन्दै जनताले रविलाई मत दिएका हुन् । तर संसद पस्न नपाउँदै सरकारमा जान गरेको हतारो कतै उनैलाई तगारो बन्ने त होइन शंका पनि भइरहेका छन् ।

रवि उपप्रधानसहित सरकारमा गएपछि एमालेबाट मन्त्री हुने लाइनमा पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतका नेताहरु मन्त्री मात्रै भएर सरकारमा जान मानिरहेका छैनन् । माओवादीमा बर्षमान पुनलगायतले ओहदाको ख्याल राखिरहेका छन् ।झन पहिले मन्त्रीपरिषद् बैठकमै प्रधानमन्त्रीसँग टक्कर जस्तो देखिएपछि आगामी दिनलाई सहज ठानिएको छैन । तथापी उनले अब ‘जहाँ पुग्दैनन् कवि, त्यहाँ पुग्छन् रवि’कै शैलीमा काम गर्नुपर्नेछ ।

कार्यभार सम्हाल्दा नै निर्मला पन्तको हत्यारा पत्ता लगाउन अधिकतम् पहल गर्ने निर्णय गरेका छन् । जुन निकै चुनौतीपूर्ण छ । यसमा रवि असफल भए, कार्यकाल नै असफल सिद्ध हुनेछ । तथापी मन्त्री बनेको २४ घण्टा नवित्दै रविले कार्यविधिविपरित खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्रै फिर्ता बोलाउने निर्देशन दिएर केही गर्छन कि भन्ने आश बढाएका छन् ।