Breaking

काग्रेसको यो हालतहुनुमा दोष कस्को ? कहाँथिएगगन र विश्वप्रकाश? अब भिड्ने कि समीक्षागर्ने ?


काठमाडौँ — प्रचण्डको यु टर्नले सर्वस्व गुमेपछि कांग्रेसभित्रकलह नै सुरु भएको छ । विकसित परिस्थितीको दोष सभापतीको हैषियतमा देउवामाथि बढि लागिरहँदागगन गुटले यसैलाई इगो साध्ने औजार नै बनाएको छ । तर के यो अवस्थामाआउनुमादेउवामात्रदोषी छन त? माओवादीकै साथका कारण अनपेक्षित सत्ताहातपारेको नेपालीकांग्रेस त्यहि गठबन्धन जोगाउननसक्दाप्रतिपक्षमापुगेको छ ।

माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डको प्रधानमन्त्रीबन्ने सपनालाई कमआक्ने र विकसित घटनाक्रमलाई विश्लेषण गर्ने ल्याकतनहुदाँकांग्रेसले एकातिर संघदेखि प्रदेशसम्मका सबै पदहरु गुमाउनु परेको छ भने अर्कातिर सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीभित्रैबाट घेराबन्दी सुरु भएको छ।यसैका श्रृखलामहामन्त्रीगगनथापाले आफूलाई प्रचण्डको मुभवारे पूर्व जानकारी भएपनि देउवाले हठ का कारणअपमानितहुनुपरेकोे अभिव्यक्ति नै दिएका छन ।

अझै अघि बढेर सत्ता राजनीतिमाआएको नाटकीय उलटफेरपछि लक्ष्यमापुग्नलागेको कांग्रेस शून्यमाझरेको जस्तो अनुभूतिभएको समेत उनले बताएका छन । तर पछिल्लो घटनाक्रममा पहिलेबाटै वार्गेनिङकालागिआन्दोलन गर्ने र आफू भागमाग्ने पक्षमात्रभएको जस्तो शेखर कोईराला र उनीपक्षीय नेता समेत कम दोषी छैनन् ।सरकार गठनको रस्साकस्सीमापाँचदलीय गठबन्धन भित्रदेउवाको अडानले आफूपछि पर्ने देखिएपछि माओवादीका दोश्रो तहका नेताहरु वाम गठबन्धनका लागि सक्रियथिए ।

यताएमालेबाटपनि दोश्रो तहका नेताहरु सक्रियहुँदायसको सुत्रधार माओवादी नेतावर्षमानपुन बनेका थिएभने उनीहरु यहि सम्भावनकाआधारमादेउवालाई वार्गेनिङ गरिरहेका थिए । यताकांग्रेसका महामन्त्रीद्धय तथादोश्रो तहका नेताहरु भने गुमे देउवाकै मात्रअसफलता देखिने गरेन प्रस्तुतभईरहेका थिए । आफू नभए प्रचण्ड नै ठिक भन्नेलाईनमा रहेका उनीहरु देउवालाई असफल देखाएर आफ्नालाई राष्ट्रपति र सभामुखमा अघि सार्ने दाउमाथिए ।

आफू किङ मेकर बन्ने र वलियो राजनीतिकव्यक्तित्वका रुपमाउभ्याउने अवसर भएपनिउनीहरु देउवालाईले वेवास्ता गरेको भन्दै रुन्चे जवाफदिईरहेका छन । अर्थात देश नै हाक्नतयारी रहेको बताउने र देउवाको विकल्प ठान्नेहरु नै महामन्त्रीको तहको भन्दाकार्यकर्ताको अवस्थामा देखिए । यताप्रचण्ड फेरिएतहलगाउने सम्भावित समिरकणको तयारी गनूपर्ने देउवाकै आसेपासे पनिठुल्दाईले थेगिदिनुहून्छ भन्ने भरोसावादमा रमाए। जहाँआफूले नपाएआफ्नाले समेत नपाउने अवस्थामा देउवागल्ने त कुरै थिएन ।

राजनीतिकविश्लेषक मुमारामखनालपनिकांग्रेसको बर्तमानअवस्थालाई देउवा जस्तालाई अघि सारेर आफ्ना फाईदा लुट्नेका कारण आएको परिस्थितिजन्यउपजका रुपमा लिन्छन । युवाभनिएकाहरुकै मध्ये पनि ठुलो हिस्सा यथास्थितीकै पक्षमा रहनु र उमेर सक्किसकेका देउवा स्वयमले समेत नेतृत्वको आशा राख्नु नै अपराधभएको समेत उनको तर्क छ ।

हुनत देउवाले प्रधानमन्त्री छाडेर गठबन्धन जोगाएपनि ईतर गुटका नेताहउनको विरोधमै उत्रिनेमादुई मत छैन । जहाँप्रतिपक्षीमा वस्नु नै असफलताहो भन्ने भाष्यका कारण पनिदोष कस्को भन्ने विषयप्रधानबनिरहेको छ । यहिवीचमा देउवाकाकदमगलतभएको प्रमाणित हुदै गएको छ भने दोश्रो तहका नेताहरु समेत घर जोगाउने भन्दाजल्नदिएर बाउको असफलता प्रमाणित गर्नेमै केन्द्रीतदेखिए । यद्यपी नेतागोविन्दपोखेरेल भने यहिले सर्वस्व गुमेजसरी रोई कराई गर्ने अवस्था नै नरहेको बताउछन । यसले कांग्रेसलाई सुध्रिने अवसर दिएको उनको तर्क छ ।

पछिल्लो राजनीतिक घटनाक्रमपछि भिड्ने भन्दामुल्यांकनगर्ने र सुध्रिने तयारीमाकांग्रेस जुट्नु पर्ने हो । कांग्रेसकालागिप्रतिपक्षमा रहनु असफलभन्दापनि प्रचण्ड नभएपनिआफू पार्टी क्षयीकरण हुँदैन भन्ने विषय प्रमाणित अवसर पनिहो । तर दुवै पक्ष सुध्रिने भन्दा भिड्ने मुडमै अघि बढेका छन् । आगामी २२ गतेका लागिबोलाईएको केन्द्रीयकार्यसमितिको बैठक दुबै पक्षमुखको तीतो पोख्ने तयारीमा छन् ।