Breaking

ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रचण्डलाई प्रधानमन्त्री नछोड्नु भनेछन्: माधवकुमार नेपाल


काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्। पार्टी कार्यालयमा सुदूरपश्चिमबाट निर्वाचित सांसदहरूलाई बधाई दिने क्रममा अध्यक्ष नेपालले ओलीको आश्वासनमा देउवा विश्वस्त हुँदा पाँच दलीय गठबन्धन भत्किएको आरोप लगाएका हुन्।

‘प्रचण्डजीलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनुभएन । केपी ओलीले नै फोन गरेर कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्नु पनि भनेछन्। देउवाजी मख्ख पर्नुभयो’,नेपालले भने, ‘प्रचण्डजीले गठबन्धन भत्कियो भनेर हिँड्दा पनि देउवा प्रधानमन्त्री बन्नेमा ढुक्क हुनुहुन्थ्यो।’ सहमतिका लागि प्रचण्डजी बालकोट पुगेपछि बालुवाटारबाट मलाई फोन आयो । तर समय घर्किएपछि के हुन्थ्यो र नेपालको भनाइ थियो।