Breaking

प्रधानमन्त्री प्रचण्डलाई मिश्रित प्रतिक्रिया, के भन्छन त जनता ?


काठमाडौँ — विभिन्न ७ पार्टीको सहकार्यमामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल (प्रचण्ड) मुलुकको ४४ औँ प्रधानमन्त्रीमानियुतmभएका छन् । प्रचण्डको प्रधानमन्त्री नियुतmलाई नेपालीजनताले कसरी हेरेका छन् छ ? आकस्मिक विकसित भएको राजनीतिक घटनाक्रमलाई आफू अनुकूलपार्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो ठूलो दल एमाले सहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् ।

निर्वाचनमा सहकार्य गरेको, तर आफूलाई प्रधानमन्त्री बनाउन नमानेको प्रतिनिधिसभाकै पहिलो ठूलो दल नेपाली कांग्रेसलाई भने उनले संसदमा प्रतिपक्षी बेञ्चमा र्पुयाएका छन् । देउबासंगको सहकार्यमा किचलो भएसंगै एमालेसंगको सहकार्यमा प्रचण्ड मुलुककै ४४ औँ प्रधनमन्त्रीमा रुपमा सपथ लिएसंगै मुलुकमा स्वाथ्य,शिक्षा, रोजगारी जस्ता आधारभुत समस्या समाधान हुनेमा जनता आशावादी देखिएका छन् । तेस्रो पटकको अबसरलाई देश र जनताको हकहितमा उपयोग गर्न सक्नु पर्ने बताए । जनताले अब बन्ने सरकारबाट जनजिविकाका सवालमा थुप्रै अपेक्षा राखेका छन् ।

भ्रष्टाचार, अनियमितता र वेथितिले सीमा नाघे पछि जनताले अलिकतिभएपनि सुधारको अपेक्षा राखेका छन् । उपभोग्य बस्तुहरुमा भएको अचाक्लीमुल्य वृद्धि नियन्त्रण, रोजगारीको पर्याप्त सुविधाको खोजी १० वर्षे जनयुद्धमा अंगभगभएकाव्यातिmहरुलाई सम्वोधनगर्नु पर्ने बताउछन् । केही सर्वसाधरणले भने २ पटक देशको प्रधानमन्त्री हुँदा पनि देश र जनताको लागि केहीनगरेका प्रचण्डले अब पनि केहि गर्लान् भन्ने आस नभएको बताउछन् । राजनितिलाई व्यापारकोरुपमालिने गरेका नेताहरुबाट देशमा परिवर्तन सम्भव नभएको कतिपयको बुझाइ छ ।

देशनिरन्तर आर्थिक नोक्सानीमा छ । पछिल्लो आँकडा अनुसार नेपालको आम्दानीभन्दाखर्च बर्षेनी७८ अर्व भन्दा बढि छ । बढ्दो व्यावापार घाटा नियन्त्रण र आर्थिक विकासको लक्ष्यलाई प्राथमिकतामा राखेर सरकारले कामगर्न जरुरी छ । तब मात्रै जनताले नयाँजनादेशको पालनाभएको महसुस गर्नेछन् । नयाँ सत्ता समिकरण गरेर प्रधानमन्त्रीभएको प्रचण्डलाई मिश्रीत प्रतिक्रिया आएतापनि जनताको जनभावाना समेटेर काम गर्न सकेको खण्डमा उनि पक्कै पनि सफलहुनेछन् । हैन भने प्रचण्ड सरकार पनि अन्य जस्तै कर्मकाण्डि नहोला भन्न सकिँदैन ।