Breaking

प्रचण्डले धोका दिए,यो गठबन्धनले गरि खाँदैनः प्रकाशशरण महत


काठमाडौँ — आकस्मिक विकसित भएको राजनीतिक घटनाक्रमलाई आफु अनुकूल पार्न माहिर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो ठूलो दल एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका छन् । निर्वाचनमा सहकार्य गरेको, तर आफूलाई प्रधानमन्त्री बनाउन नमानेको प्रतिनिधिसभाकै पहिलो ठूलो दल नेपाली कांग्रेसलाई भने उनले संसदमा प्रतिपक्षी बेञ्चमा र्पुयाएका छन् । देउबासंगको सहकार्यमा किचलो भएसंगै एमालेसंगको सहकार्यमा प्रचण्ड मुलुककै ४४ औँ प्रधनमन्त्रीको रुपमा सफत लिएका छन् ।

तर यता नेपाली काङग्रेसका प्रवक्ता प्रकाशशरण महतले भने प्रधानमन्त्री प्रचण्डले धोका दिएको बताएका छन् । छलफल र सहमतिको नजिक पुगेको पनि उनले बताए । संविधानको रक्षा समृद्धि स्थिरताको लागि गठबन्धन आवाश्यकता र गठबन्धनकै नेतृत्वमा सरकार बन्नु पर्छ भन्ने मान्यता भन्दा प्रचण्डलाई पदको महत्वपुर्ण भएको पनि उनले बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको समेत आलोचना गरेका छन् ।

सरकारप्रति देश बिग्रेको सन्देश दिएर युवाहरुको मत लिएर अहिले पदको लागि सरकारसंग टासिएको बताए । अहिलेको सरकार कुनै पनि किसिमले नटिक्ने बताए । अहिलेको सरकारलाई कानुनी शासन सविधानको व्यबस्थालाई कमजोर पार्ने कुनै पनि प्रयासको विरोध र खबरदारी गर्ने बताए । आगामी दिनमा पार्टीलाई बलियो बनाएर संसदमा प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताए ।