Breaking

सिके राउतलाई काठमाडौँमा कोठा पाउन मुस्किल


काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सिके राउत काठमाडौँमा डेरा खोज्न थालेका छन् । काठमाडौँमा कोठा खोज्नै गाह्रो भएको उल्लेद गर्दै सामाजिक सञ्जालमार्फत राउतले आज पनि कोठा खोज्न जान लागेको बताएका छन् ।

गत ४ मंसिरमा भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको उनको दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ ।

तर, उनले आफू मन्त्री बन्ने दौडमा भने नभएको पनि बताएका छन् । ‘काठमाडौँ बस्न डेरा–घर खोज्नै गार्‍हो, आज पनि जाँदैछु, ‘बरू काठमाडौँ भएको बेला एकान्तमा यस्तै ३ डाँडाकाँडातिर बसौंबसौं लाग्ने कस्ता रमणीय र ध्यान लाग्ने ठाउँहरू। ’

उनले भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर समेत सेयर गरेका छन् ।