Breaking

योहो टेलिभिजनका समाचार प्रमुख भण्डारी सम्मानित


काठमाडौँ — योहो टेलिभिजनका समाचार प्रमुख वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई टंकप्रसाद-रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदानगरिएको छ ।

सोमबार काठमाडौँमा हेम–सरिता पाठक फाउन्डेसनले मुलुकको पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएबापत भण्डारीलाई उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशिदुई हजार अमेरिकी डलर रहेको छ । भण्डारीले चर्चित कार्यक्रम सत्य संवाद र योहो बहस संचालन गर्दै आउनुभएको छ ।

कार्यक्रममा गायक नवीन पौडेललाई एक हजार अमेरिकी डलर राशिको हेम–सरिता पाठक अन्तर्राष्ट्रिय संगीत पुरस्कार तथा मनोज विश्वकर्मालाई एक हजार अमेरिकी डलर राशिको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार प्रदान गरिएको छ ।

फाउन्डेसनले मुलुकको सामाजिक, शैक्षिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रको उन्नयनका लागि आर्थिक सहयोग र विभिन्न सचेतनामूलक कार्यक्रममार्फत सहयोग पुर्‍याउँदै आएको छ ।