Breaking

देउवाको दम्भ कारण प्रतिपक्ष थन्किए कांग्रेस, विश्व-गगनको रोइलो


काठमाडौँ – संसदीय निर्वाचनमा सदनको पहिलो दल बनेको नेपाली कांग्रेस सरकारमा भने प्रतिपक्ष थन्किएको छ । सभापति देउवाको दम्भ र पार्टीभित्रको आन्तरिक किचलोकै कारण शक्तिशाली भएर पनि सत्ताको सर्वश्व गुमाउन बाध्य भएका छन । गुटगत विभाजनले गिजोलिएको कांग्रेस थप संकट उन्मुख बनेको छ ।

चुनावी परिणामले सदनको तेस्रो शक्ति बनेको नेकपा माओवादी केन्द्र सत्ताको नेतृत्वमा पुगेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताको वागडोर संहालेका छन् । नेपाली कांग्रेससँगको गठबन्धन छिनभरमै भत्काएर एमालेसँग मिल्न गएपछि कांग्रेस भने रणभुल्लमा परेको छ । सत्ता बाहिरा नै चित्त बुझाईरहेको एमाले भने केन्द्रमा मात्र नभइ प्रदेशहरुमा समेत सत्ता सयरको तयारीमा जुटेको छ ।

कांग्रेसका रामचन्द्र पौडेले, कृष्ण प्रसाद सिटौला लगायतका नेताले गठबन्धनबाट प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन चेतावनी नै दिए पनि देउवाको अटेरीपन र आफै प्रधानमन्त्री बन्ने हुटहुटीले भुईको भाग टिप्न खोज्दा पोल्टो नै रित्तिएको छ । केन्द्रदेखि प्रदेशसम्म सबै तहमा कांग्रेस सत्ताको खेलबाट बाहिरिएको छ । सत्ताको डाडु पनियो अब दोस्रो र तेस्रो शक्तिले चलाउने भएका छन् । सभापति शेर बहादुर देउवाको प्रधानमन्त्री मोहले कांग्रेस सर्वश्व गुमाउन बाध्य भएको छ । पार्टीका महामन्त्री सहित जिम्मेवार नेताहरु नै सभापतिको राजीनामा माग्ने देखि सभापतिलाई खुल्याउन उत्रिएका छन ।

आफै प्रधानमन्त्रीको रेसमा रहेका कांग्रेस महामन्त्री गगन थापा संसदीय नेताको चुनाव हारेपछि आलोपालो प्रधानमन्त्री मान्य नहुने पक्षमा उभिए । संस्थापन इतरका महामन्त्रीद्धय विश्व प्रकाश शर्मा र गगन थापा सुरुवातदेखि नै देउवाको खेदो खन्ने मध्येमा पर्छनन् । फलत महामन्त्रीद्धय सरकार गठन असफलताको दोषि सभापति देउवा नै हुन् भनेर सावित गर्न रोई कराई गर्न थालेका छन । सरकार गठनमा समग्र पार्टी जिम्मेवार हुनु पर्नेमा देउवाले सत्ता टिकाउन नसकेकोले लाज लागेको भन्ने जस्ता अभिव्यतिm दिन भ्याएका छन । देउवाले सरकार गठन गर्न किन सकेनन् कारणहरु विस्तारै समिक्षा हुँदै जाला तर एक अर्कालाई दोषरोपण गर्दैमा समस्या समाधान नहुने कतिपयको बुझाई छ ।

सत्ताबाट कांग्रेसको बर्हिगमन र प्रचण्डको उदय हुनुमा सत्ताको भागवण्डा मुख्य विषय बन्यो । मन्त्रीकै लोभमा समूह नै छोडेर देउवाका पछि लाग्नेहरु पनि सत्ता समीकरण बदलिएपछि जिल्ल परेका छन् । देउवा र प्रचण्डबीच प्रधानमन्त्री पदमा कुरा नमिल्दा राजनीतिक कोर्ष नै परिर्वतन हुने अवस्था आयो । जुन कांग्रेसका लागि निकै कस्टकर बनिरहेको छ ।