Breaking

रवि बने गृहमन्त्री, पत्ता लाग्ला निर्मलाको हत्यारा ? (भिडियोसहित)

चाडै समाप्त हुने विज्ञको चेतावनी


काठमाडौँ – सञ्चार कर्मलाई पूर्णविराम लगाउँदै पार्टी गठन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री बनेका छन् । रास्वपले हासिल गरेको यो ऐतिहासिक उपलब्धि नेपाली राजनीतिमा नयाँ परिघटना भएको छ ।

पत्रकारिता छोडेर पार्टी खोलेको ६ महिनामा नै राजनीतिक सफलता हासिल गर्दै २० सिट जित्न सफल भएका स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने सोमबार उपप्रधानसहित गृहमन्त्री बन्दै राजनीतिमा छलाङ मारेका छन् । रास्वपले हासिल गरेको यो ऐतिहासिक उपलब्धि नेपाली राजनीतिमा नयाँ परिघटना भएको छ । सुरुवाटै जनताको अवस्था बदल्ने उद्देश्य दर्शाउदै चितवन २ बाट सर्वाधिक मतअन्तरले जित्दै संसद्को यात्रा तय गरेका लामिछाने वैकल्पिक राजनीतिक धारको नेतृत्व गर्ने भन्दै राजनीतिमा आएका थिए । पार्टीभित्रै सरकार जाने वा नजातने दुई धार रहीरहेको बोला पार्टीको केन्द्रीयबाटै सरकारमा जाने अधिकार सभापतिमा लिँदै प्रचण्ड, देउवा र ओली सँग गठबन्धनका लागि लागिपरेका लामिाछानेले अन्ततः गृहमा बाँजी मारेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले शपथ ग्रहण गरेलगत्तै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । गृह जस्तो निर्णायक भूमिका पाएका उनले पन्तको विषयलाई कसरी उठान गर्लान् भन्ने चासोका बीच उनको पहिलो निर्णय नै यसैमा गर्न सचिवलाई फाइनल बनाउन निर्देशन दिएका हुन् ।

यद्यपि, वैकल्पिका धारको नेतृत्व गर्न पर्ने र मुल दलका विकल्पको रुपमा उभिनु पर्ने अपेक्षाका बीच लामिछानेको सत्ता यात्रालाई कतिपयले भने अस्वभाविक मानेका छन् । लामिछानेको यो निर्णयले जनताको आसामा निराशा भरेको र मतको अवमूल्यन गरेको तर्क पनि भइरहेका छन् ।

गृहमन्त्री लामिछानेको सत्तारोहणको पहिलो दिनमा नै उनको विरुद्ध आवाज उठ्न भने छोडेन । नागरिकता विवादका बीच उपप्रधानसहित गृहमन्त्री नियुक्त गरेको भन्दै उनी विरुद्ध राष्ट्रपति भवन शीतल निवास अगाडी नै नारावाजीको आवाज घन्कियो । स्वतन्त्र पार्टीको संसदीय अंक गणितमा निर्णायक भूमिका रहँदा मूल नेतृत्वले नै आलोचना गर्दै आएको भए पनि उनी सत्तामा पुगेका छन् । सञ्चारकर्ममा रहँदा नै विवादको भूमरीमा परेका मन्त्री लामिछानेको नेतृत्वमा रास्वपाको संसदीय र सत्ता यात्रा कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।