Breaking

चमत्कारिक छलाङ मारेका प्रचण्डका चुनौती, सात रङ्गी सरकारको चित्त बुझाउनै सकस !

सवै समेटिएको सरकार चुनौती कि अवसर ?


काठमाडौँ — पार्टी ३२ सिटमा सिमितभएकै अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक सरकारको नेतृत्वगर्न सफल भएका छन् । फलत : सवैभन्दा चुनौतीपूर्ण मानिएको उनको यो कार्यकाल कसरी अवसर युक्त बनाउछन चासो बढेको छ । के कस्ता छन त प्रचण्डका चुनौती ?

चुनावी तालमेल समेत गरेको पाँच दलीय गठबन्धन छाडेर एमालेसँग हात मिलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेश्रो पटक प्रधानमन्त्री बनेका छन । यस अघि ०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दल बनेपछि पहिलो पटक, ०७४ सालको निर्वाचन अगाडि दोस्रोपटक प्रधानमन्त्री बनेका उनी अहिले ईतिहासमै सानो सिटे दलबाट प्रधानमन्त्री बनेका छन् । त्यसमा पनि मुख नै हेर्न नचाहने केपी शर्मा ओलीसंगै मिलेर सत्ता यात्रामा रहेका उनले वैकल्पिक भनिएको शक्ती देखि व्यवस्था विरोधी र पहिचानका लागि लडिरहेकाहरुको समेत नेतृत्व गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

संसदीय अंकग णित हेर्दा एमालेसंग आलोपालो पाँच वर्ष सरकारको नेतृत्वगर्ने सहमति भएका कारण प्रचण्डलाई अवको अढाई वर्षे कार्यकाल निर्धक्क सरकारको नेतृत्वमा गर्ने सुविधा छ । तर अस्थिर राजनीतिक स्वभावका उनका लागि यो काम गर्ने सुनौलो अवसर भएपनि टाला-टुली बटुली बनेको गठबन्धनलाई जोगाउँदै बदलिएको राजनीतिक परिवेशको नेतृत्व गर्नु कमचुनौतीपूर्ण छैन । एक किसिमले उनको यो अन्तिम चमत्कार बन्दै गर्दा सङ्घीयता कार्यान्वयनको सकस उनको सरकारले झेल्नुपर्ने अर्को ठूलो चुनौती बन्ने छ ।

सात रङ्गी सरकारमा संघियता विरोधी राष्ट्रिय स्वतन्त्र पार्टी पनि छ भने राप्रपा पनि थप शशक्त बनेको छ । यो अवस्थामा संसद्मा सङ्घीयता विरोधी वा प्रदेश प्रति अनुदार शक्तिको उदयले संघियता धरापमा परेको बताउने प्रचण्डलाई सकस निम्ताउने छ । विगतमा कहिले प्रधानसेनापति त कहिले पशुपतीको मुल भट्ट चलाउने जस्ता कार्यले विवादमा परेका उनले पहिलोपटक सरकारको असफल नेतृत्व गरेसँगै प्रचण्डका लागि व्यक्तिगत मात्रै होइन सांगठनिक क्षयीकरण पनि सुरू भएको थियो । यो कमजोरी सुधार पनिउनकालागि महत्वपूर्ण छ । जहाँ ठुलो दल नै प्रतिपक्ष बनेको अवस्थाले उनलाई अझ सकस थप्ने छ ।

त्यस्तै परस्परत विरोधीहरु नै सत्तामा रहँदा नागरिकता विधेयक,एमसीसी कार्यान्वयन,रेशम चौधरीको रिहाई जस्ता विषयमा कसरी निकास निकाल्छन चासोको विषय छ । विगतमा प्रधानमन्त्री हुना साथ चीनगएर नयाँ अभ्यास गरेका उनले पछिल्ला वर्षहरूमा परराष्ट्र मामिलामादेखिएको नेपालको कमजोर उपस्थिति सुधारमा कस्तो प्रयास गर्छन ? कतिपय अवस्थामा नेपाल शक्ति राष्ट्रहरूको टकरावको केन्द्र बन्ने हो कि भन्ने चिन्ता बढेको अवस्थामा उनको कुटनितिक मुभ कस्तो बन्छ त्यो पनि चासोको विषय छ । त्यस्तै उनी प्रधानमन्त्री हुँदै गर्दा अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् ।

उनी प्रधानमन्त्री हुँदै गर्दा बनेको गठबन्धनसँग कुनै पनि न्युनतम् साझाकार्यक्रम छैनन् भने कर्मचारीलाई तलवखुवाउनु नै उनको लागि पहिलो चुनौती रहनेसम्मको स्थिती देखा परेको छ । त्यसमा पनि अकस्मात गठबन्धन बदलेका उनले यस विषयमा छलफल समेत गरेका छैनन् । देश र जनताका मुद्दा हेर्ने साझा दृष्टिकोण बनेको छैन । नेतृत्वमा आएका प्रचण्डसँग पनि अर्थतन्त्र र जनजीविका चलाउने योजना र त्यसको खाका छैन भने देउवालाई धोका दिएर ओलीसंग मिल्नगएका प्रचण्डलाई देउवा फकाउनु पर्ने बाध्यता पनि छ । यद्यपी माओवादी नेताहरु भने कांग्रेसले समेत साथ दिने भन्दै आफू सफल हुनेमा विश्वस्त छन ।
उनका लागि अहिले युवा समेटिएको र देशको आवश्यकता रहेको वाम गठबन्धन गरेको भन्दै प्रशंसा गर्नेको एक हिस्सा छ । त्यस्तै उनको नेतृत्व स्वीकार्नेहरुको अनुहार हेर्दा समेत उनी सर्वसहमतकै अवस्थामा छन् ।

त्यो भन्दा हिजो प्रचण्डलाई दिनुभन्दा संसदनै विघटन गर्ने बाटोमा हिडेका ओली नै उनको साथमा छन् । तर प्रतिकुल अवस्था र गर या मरको अवस्थामा रहेका उनले आफ्नो छलाङलाई चमत्कारिक बनाँउदै आगामी यात्रा सहज बनाउछन कि यसैलाई अन्तिम चमत्कारमा सिमित गर्छन त्यो हेर्न भने केहि समय कुर्नैपर्छ ।