Breaking

देउवामाथि प्रचण्डले बज्र हाने, जिल्लै परे देउवा, शक्तिकेन्द्र बने ओली,माधवको विचल्ली, रवि–राजेन्द्र शक्तिशाली


बालुवाटारबाट सत्ताको चाल बालकोटतर्फ पल्टिएपछि यतिबेला राजनीतिक माहोल एकाएक तरंगित बनेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारबाट प्रधानमन्त्री नपाएको झोँकमा बालकोटगएर सत्ताको खेल पल्टाएको छन् । आजै शीतलनिवास पुगेर सात दल र तीन स्वतन्त्र सांसदको समर्थनसहित प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
शीलतनिवासबाट सुरुभएको कानेखुशी संसद भवन हुँदै बालकोटसम्म पुगिसक्दासमेत देउवाले भेउ नपाएपछि सत्ता उलटपुलट भयो ।प्रधानमन्त्रीका लागि जोसँग जस्तोसुकै सम्झौता गर्न तयार रहेका प्रचण्डले बालुवाटारमा नपाएको झोँकमा झोकिएर बालकोट पुगेर ओलीसँग सम्झौता गरे ।

ओलीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्दै साढे दुईबर्षपछि आफैँ प्रधानमन्त्री हुने सहमति गरे । तर ओली–प्रचण्डको सत्ता सहकार्यको निर्णयले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले सत्ताको सबै गुमाएका छन् । निर्वाचनको मतपरिणाम सार्वजनिक भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गर्नुको अर्थ नै सत्ता सहकार्यको निम्तो थियो । बन्द रहेको बोलचाल खुला गर्ने आइसब्रेकका रुपमा रहेको फोनकलपछि शीतलनिवास र संसद भवनमा हँसिलो मुहारसहित वान टू वान कानेखुशी गरेका ओली–प्रचण्ड झनै सामिप्यता बढ्यो । फलतः प्रचण्डले काँग्रेससँगको सहकार्य तोड्दै बालकोटको बार्दलीमा पुगेर ओलीसँगै हात हल्लाउँदै देउवालाई खाइस भनेका छन् । र उनी यो देशको ४४औं प्रधानमन्त्री हुन् ।

अब बन्ने नयाँ सरकारमा प्रचण्डलाई माओवादीसहित सात दलको समर्थन छ । राष्ट्रपतिले दिएको समयसीमाभित्रै दाबी पेश गरेका प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएका छन् । र, स्वतन्त्र रुपमा चुनाव जितेका प्रभु साह, किरणकुमार साह र अमरेश कुमार सिंहले पनि साथ दिएका छन् ।प्रचण्ड नेतृत्वको सरकारमा एमालेका ७८ सहित माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका२०, राप्रपाका १४, जसपाका १२, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टी ४ गरि १६६ र तीन स्वतन्त्र गर्दा १६९ जनाको समर्थन रहनेछ ।

ओली र देउवालाई पटकपटक प्रधानमन्त्री बनाएर थाकिसकेका प्रचण्ड यसपटक कुनैपनि हालतमा छोड्ने पक्षमा थिएनन् । किनकि उनलाई प्रधानमन्त्री ह्याट्रिक गर्नुथियो । तर देउवा राष्ट्रपति र प्रधानमन्त्री दुवै छोड्न तयार नभएपछि प्रचण्डले गठबन्धन तोड्दै नयाँ समीकरणमा पाइला चालेका हुन् । फलतः काँग्रेस पहिलो दल भएर पनि प्रतिपक्षमा बस्ने भएको छ भने नेकपा एकीकृत समाजवादीले प्रचण्डको सरकारमा नजाने निर्णय गरेको छ । अब काँग्रेसको साथमा समाजवादी रहने देखिएपछि सत्ताको लोभले माधवका धेरै सांसद विद्रोहमा जाने सम्भावना बढेको छ ।स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सरकारमा जाँदैछन् । रवि सरकार आफ्नै नेतृत्वमा सहभागी भएर काम गर्न खोजिरहेका छन् । राप्रपा आन्तरिक छलफलमा जुटेको छ ।

सत्ताका लागि पार्टी फोडेका र राजासँग टाउको जोडेका देउवा जब आफैले केही नपाउने भइसकेपछि पार्टीभित्र अरुलाई पनि दिन चाहेनन् । यसो त काँग्रेसभित्रको एउटा प्रचण्ड नै प्रधानमन्त्री होस् भन्ने चाहन्थ्यो । आफुले राष्ट्रपति र सभामुख लिएर सहमति गर्नुपर्ने उसको तर्क थियो । तर देउवा भने छैंटौपटक आफु प्रधानमन्त्री नबनि नछोड्ने दाउमा थिए ।२३ सिट जित्दा पनि प्रधानमन्त्री बनेका देउवा पार्टी नै पहिलो बनेपछि प्रधानमन्त्री बन्छु भन्नेमा ढुक्क थिए ।