Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाचार

भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ – निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद चौधरीको प्रचार प्रसारम सहभागी भएको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो ।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका चौधरीको निर्वाचन प्रचारप्रसारमा सहभागी भएको भन्ने समाचारप्रति ध्यानाकर्षण गराउँदै आयोगले केसीलाई पत्र लेखेको हो ।

‘निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ र ऐ. दफाको खण्ड (ख) मा ‘राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेको बैठक, सभा, कार्यशाला गोष्ठी, सम्मेलन, अन्तरक्रिया जस्ता कार्यक्रममा भाग लिन नहुने’ व्यवस्था छ’ आयोगको स्पष्टीकरणमा भनिएको छ, ‘उल्लेखित कानूनी व्यवस्था रहेको सम्बन्धमा तपाईंले कुनै दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने भएकोले देहायका विषयमा स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ ।’

साथै, राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होईन भन्ने आधार प्रमाण के छरु भन्दै आयोगले प्रश्न गरेको छ ।