Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण


काठमाडौँ — निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले आज बिहीवार चलचित्र विकास बोर्डका अध्यक्ष केसीलाई स्पष्टीकरण सोधेको हो ।

नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार विनोद चौधरीको चुनाव प्रचारप्रसारमा सहभागी भएकोबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । सरकारी पदमा बहाल रहेको व्यक्तिले जानाजान चुनावमा उम्मेदवार रहेका व्यक्तिको प्रचारप्रसार गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा ४४ बमोजिम विभागीय कारबाहीसमेत हुनसक्ने आयोगले जनाएको छ ।