काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने दाबी गरेका छन्।
बिहीबार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्। उनले एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने संकल्प गरे।
ओलीले नेकपा एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको दाबी गरेका छन् । सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनले गुनासो समेत गरे।
उनले इतिहासमा भएका उल्लेखनिय काम एमालेले गरेको दाबी गरे।


प्रतिक्रिया