काठमाडौँ – पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन् । सुनधाराको सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत अवस्थामा भेटिएका हुन् ।
अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौँ परिसरमा निवेदन दिएकी थिइन् । खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको प्रहरीले जानकारी दिए । प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो ।
त्यसपछि उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो । त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए । भित्र झुण्डिएको अवस्थामा फेला परेका थिए। प्रारम्भिक रुपमा उनले आत्महत्या गरेको देखिए पनि अन्य हिसावबाट पनि प्रहरी परिसर काठमाडौँका अनुसन्धान सरु गरेका छन् ।
अधिकारी २१ गते स्कुटरमा होटलमा पुगेको पाइएको प्रहरीले जनाएको छ । उनको जासुसीको जालो नामक पुस्तक चर्चित छ । यसबाहेक उनका ‘चक्रब्यूहमा चन्द्रसूर्य’ र ‘धम्बोजी’ उपन्यास प्रकासित छन् ।


प्रतिक्रिया