Breaking

नेमकिपाको ३१ वर्षे गढ भत्काउने गठबन्धनको कसरत , चाँगुनारायणमा टेकेर गोथे भक्तपुर छिर्लान् ?


काठमाडौँ — भक्तपुरको एक नम्बर निर्वाचन क्षेत्र नेपालमजुदर किसान पार्टी नेमकिपा र गठबन्धनका उम्मेदवारबीचहुने रोचक भिडन्तका कारण चर्चामा छ । विगततीनदशकदेखि एक छत्र राज गरेको नेमकिपाको गढ भक्तपुर एकमा नेमकिपाको किल्लातोड्न अन्यदलहरुलाई फलामको चिउरा चपाए सरह छ । भारी मतान्तरको विगत हेर्दाभक्तपुर एकको चुनावीजोडघटाउ यस पटकचासोपूर्ण बनेको छ ।

दुई वटा मात्रनिर्वाचन क्षेत्र भएपनिचुनावताकाभक्तपुर जिल्लासंधै खास रहँदै आएको छ । चुनावका बेलाभक्तपुरलाई चर्चामाल्याउने महत्वपूर्ण कारणमध्येको एक हो ,भक्तपुर निर्वाचन क्षेत्र नम्बर एकमा नेपालमजदुर किसान पार्टी नेमकिपा र अन्य ठूला राजनीतिकदलहरुबीचको चुनावी भिडन्त ।

यहाँ २०४८ सालदेखि नेमकिपाकाअध्यक्ष नारायणमान विजुक्छे हुँदै प्रेम सुवालले एक लौटी राजगर्दै आएका छन् । धेरैजसो क्षेत्रमा नेमकिपाकाउम्मेदवारले जमानतजोगाउन संघर्ष गर्नुपर्दा भक्तपुर–१ माभने ठुला दलकाउम्मेदवारले यो अवस्था वेहोर्दै आएको छ ।यो क्षेत्र आसन्न संसदीयनिर्वाचनमापनि नेमकिपाकै जित सुनिश्चितभएको नेमकिपाका नेतातथाप्रतिनिधिसभा सदस्यउम्मेदवार सुवालको दावी छ ।

यस क्षेत्रमा नेमकिपाको गढ भएकै कारण सत्ता गठबन्धनको सिट बाँडफाँडमा समेत अन्य क्षेत्रमाहानथापगर्दा यो क्षेत्र भने गठबन्धनका ठुला दलहरुको रोजाईमा पर्नै मुस्किलपरेको थियो । चारवटा स्थानीयतहमध्ये भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाभक्तपुर १ संसदीयनिर्वाचन क्षेत्रमापर्दछ ।

गतस्थानीयतहनिर्वाचनमाभक्तपुर नगरपालिकामा नेमकिपाको क्लीन स्वीप छ । कांग्रेसले तिजेको चाँगुनारायणनगरपालिकामा नेमकिपाले एउटा मात्र वडा जितेको छ । यहि आड र गठबन्धनको भरोषामा नेकपामाओवादी केन्द्बाट उम्मेदवार बनेका सुनिलगोथे आफु चुनावजित्नेमा ढुक्क छन । चाँगुनारायणमा टेकेर भक्तपुर नगरपालिका समेत कब्जा छिर्ने गोथेको रणनीति छ ।

दल र स्वतन्त्र गरी १४ जनाउम्मेदवार चुनावीप्रतिस्पर्धामा छन । एमालेबाटनवराज गेलालर राप्रपाबाट भरतबहादुर खड्का चुनावी मैदानमा छन । देशैभर गठबन्धन भर्सेस गठबन्धनको चुनावीप्रतिस्पर्धाका कारण चुनावको चर्चा रहेका बेलाभक्तपुर एकमाभने नेमकिपा र ठुलाहरुको गठबन्धनबीचको प्रतिस्पर्धाका कारण चर्चामा छ ।

२०७४ को निर्वाचनमा सिंगो कम्युनिष्ट एक हुँदा समेत नेमकिपाले भारी मतान्तर सहितजितहासिल गरेको यहाँ सत्ता गठबन्धनले नेमकिपाको किल्लाभत्काउन सक्ला?वा ठुला दलहरुले नेमकिपालाई कतिको दवावमा राख्न सक्छ चासोपूर्ण बनेको छ ।