Breaking

सीके भन्छन् उपेन्द्रले पैसा बाँडे, उपेन्द्र–सीकेको भिडन्तमा जित खोज्दै ठाकुर


काठमाडौँ — आगामी निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय भिडन्त हुने देखिएको छ ।सप्तरी २ मा परिचित र प्रभावशाली अनुहार प्रतिष्पर्धीको रुपमा मैदान उत्रँदा अक्सर मतदाताहरुलार्य यस पटक जनप्रतिनिधि छनौटमा उत्साहज जागेको देखिन्छ । नेपाली राजनीतिका चतुर खेलाडी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव दोहोरिएर यस पटक सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदावर बनेका छन् ।

प्रतिनिधिसभाका लागि उम्ेमदवार बनेका उनीयसै क्षेत्रबाट निर्वाचित भई मधेशको नेतृत्व गर्न चाहन्छन् भने राजनीतिमा नवप्रवेशी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतउपेन्द्र यादवलाई पन्छाएर संसद्को ढोका खोल्ने मनस्थितिमा छन् । त्यस्तै गठबन्धनको बलमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय सदस्य जयप्रकाश ठाकुर यी दुवैलाई चुनौती दिन चुनावी मैदानमा छन्। २०७४ को निर्वाचनमा वाम गठबन्धनका उमेशकुमार यादवलाई १० हजार ४० को भारी मतान्तरले पराजित गर्दै संसद् प्रवेश गरेका उपेन्द्र यादवलाई यस पटक भने केही सकसपूर्ण स्थिति आइलाग्ने देखिन्छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टीसँग गठबन्धन गरी संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादवले राउतसँगै पाँच दलीय गठबन्धनको सामना गर्नु पर्ने भएको छ । सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरेका यादवलाई पुरानो मत जोगाउन साधारण मेहनतले पुग्ने देखिन्न । २०६४ साल यता लगातार राजनीतिको केन्द्रमा रहेका राजनीतिक प्राणी उपेन्द्र यादवलेमधेश आन्दोलनको रापतापको पुरानो स्नेह पनि सम्हाल्ने देखिन्छ ।

मधेशलाई छुट्टै देश बनाउने अभियानबाट पछि हटेर पहिलोपटक शान्तिपूर्ण चुनावी प्रतिष्पर्धामा उत्रिएका जनमत पार्टीका अध्यक्ष चन्दकान्त भनेर चिनिने सीके राउतलाई सप्तरी–२ का मतदाताले यादवको विकल्पमा पाएका छन्। अमेरिकामा पढेलेखेका राउतले भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रण, सुशासन, राजनीतिकरुपमा स्वायत्ततालाई चुनावी मुद्धा बनाएका छन् ।

आफ्नो पार्टीको पक्षमा माहोल बन्दै गएपछि जसपाले अराजनीतिक कार्य गरेको आरोप राउतले लगाएका छन् । जसपाले प्रहरी प्रशासनसँग नै मिलेर निर्वाचन आयोग विरुद्धको कार्य गरेको र पैसाको चलखेल गरेको सूचना पाएको बताएका छन् ।

दुई पार्टीका अध्यक्षसँग प्रतिष्पर्धा गर्न गठबन्धनका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । ०७४ मा राजपाबाट टिकट नपाएपछि स्वतन्त्रबाट ९ हजार ४ सय ४९ मत ल्याएर तेस्रो बनेका उनलाई यस पटक भने गठबन्धनको साथ छ । शिक्षा स्वास्थ्य बेरोजगारीको समस्यालाई समाधान गर्ने एजेण्डा बोकेका ठाकुर सत्ता गठबन्धनको बलमा सांसद् बन्ने होडमा छन् ।

महादेवा गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, राजविराज नगरपालिका र छिन्नमस्ता गाउँपालिका गरि ४ पालिका रहेको स्थानीय तहमा २ पालिका लोसपाले जित्दा कांग्रेस र जसपाले एक÷एक वटा पालिका हात पारेका थिए । स्थानीय तहको मत जोड्दा एमाले–जसपा गठबन्धनका पक्षमा १९ हजार ६८ मत देखिन्छ भने सत्ता गठबन्धनको मत ३६ हजार आठ सय ९२ पुग्छ। जनमत पार्टीका अध्यक्ष डा.राउतको उम्मेदवारीले सत्तागठबन्धन र विपक्षी गठबन्धनको धैरै मत तान्ने अनुमान गरिएको छ ।
९५ हजार ३ सय ९४ मतदाता रहेको सप्तरी २ मा ४ स्वतन्त्रसहित १६ जनाले प्रतिनिधिसभाका लागि चुनाव लड्दै छन् । पटक पटक मन्त्री भएर मन्त्रालयको कामभन्दा पार्टी र विदेश यात्रामा सक्रिय हुने यादवलाई डुलुवा मन्त्रीको उपमा समेत लाग्ने गरेको छ । निर्वाचन क्षेत्र बदल्दै जनतालाई झुक्याउने आरोप लागेका यादवले आफ्ना कट्टरविरोधी मान्दै आएको एमालेसँग गठबन्धन गर्दा पनि उनलाई विश्वास गर्नेको मत बाझिँने सम्भावना देखिन्छ ।