Breaking

ज्ञानेन्द्र शाही राजतन्त्रको प्रेतात्मा भएको प्रचण्डको आरोप,व्यवस्था विरोधी शक्ति दह्रो बन्ने डर !


काठमाडौँ —सत्ता गठबन्धनका दलहरुले आगामीनिर्वाचन संविधान र व्यवस्थाको रक्षागर्ने र विरोधीवीचको महासंग्रामको रुपमाअथ्र्याउदै आएका छन् । व्यवस्था नै नमान्ने र संघियता नै नमान्ने शक्तीहरु पनिचुनावमाहोमिदानिर्वाचन परिणाम बारेविभिन्नकिसिमका टिकाटिप्पणी भइरहेका छन् । दुई चोटी संसद विघटन गरेका तत्कालिनप्रधानमन्त्री केपीशर्मा ओलीको कदमलाई संविधानविरोधीकार्य भनेर सडकमा पुगेकाहरु अहिले सत्तामा छन् ।

ओलीको कदमव्यवस्थाकै विरोधीभएको भन्दै पार्टीभित्रैबाट विद्रोह गरेको एउटा टुक्रा र सहकार्य ताडेकोे माओवादीयहि गठबन्धनमा छ । यताराष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो गणतन्त्र विरोधीशक्तीलाई एमालेले काधहालेको भन्दै उनीहरु यसले गठबन्धनको औचित्यअझ प्रष्ट पारेको बताउनथालेका छन् ।यसैको परिणाम देश दौडाहामा रहेका नेताहरुले राप्रपाउम्मेद्वारलाई राजतन्त्रको प्रेतआत्माको संज्ञा दिनथालेका छन भने माओवादीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले तजुम्लापुगेर ज्ञानेन्द्र शाहीलाई लक्षितगर्दै राजतन्त्रका प्रेतात्माहरु जुम्लामापनिचिच्याइरहेको बताउनभ्याए ।

यो निर्वाचनमा एउटा गठबन्धन ७० वर्ष लडेर प्राप्त गरेका अधिकार रक्षागर्न चाहने पक्षमाउभिएको तथात्यसको नेतृत्वआफूहरुले गरेको बताएकाउनलेयसको विरुद्धमा संविधानतथाजनताले पाएको अधिकार उल्ट्याउनचाहने केपीओली नेतृत्वको गठबन्धन रहेको टिप्पणी गरेका थिए। त्यसैले यो सामान्यऔपचारिक निर्वाचनको अभ्यास मात्रै नभएको बताएकाउनले कर्णालीप्रदेशबाट प्रतिगामी, निरंकुशतावादी र सामन्तवादीहरूलाई शून्यबनाउनुपर्नेबताएकाथिए ।

राजेन्द्र लिङदेन नेतृत्वमापुगेपछि आक्रमक देखिएको राप्रपास्थानीयतहनिर्वाचनमा सुस्त देखिएपनिआगामीचुनावमाभने एमालेसंग तालमेल गरेर अघि बढेको छ । फलत राप्रपा राष्ट्रिय दलको सपना देख्न थालेको छ भने यसैलाई गठबन्धनका दलहरुले प्रतिगामीशक्तीको रुपमाअथ्र्याएका छन । यहिवीचमागणतन्त्र स्वीकारे पनि राष्ट्रिय स्वतन्त्र पार्टी पनिसंघियताको विरुद्धमा देखिएको छ । मुख्यमन्त्रीप्रत्यक्षनिर्वाचितहुने तर प्रदेश नचाहिने जस्तो विरोधभाषपूर्ण एजेण्डा लिएको यो दलले विरोध स्वरुपमाप्रदेशमाउम्मेद्वार नै उठाएको छैन ।

यद्यपी यो दलपनिधक्कादिने तयारीकै साथ मैदानमाउत्रिदा यस्ता शक्तीले जिते जनयुद्ध र जनआन्दोलनबाट प्राप्तउपलब्धी नै संकटमा पर्ने दलहरुको चिन्ता छ। यताआफूलाई राष्ट्रिय शक्तीको रुपमाअथ्र्याईरहेको एमालेले राप्रपाकै सहयोगमासरकार बनाउने बताईरहेको छ । यतिमात्रनभएर विक्रमचन्द (विप्लव) नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्तदुलाल (आहुती) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले चुनावबहिस्कार गर्ने नै बताईसकेका छन ।

अर्थात एकातर्फ प्रमुखप्रतिपक्षीकै साथपाएका,वैकल्पिकभनिएकाहरु तरव्यवस्थाविरोधीशक्तीशशक्तबन्ने अवस्थासिर्जना हुदै गर्दायस्तै शक्तीचुनावकै विरुद्धमा समेत लागेको छ । विकसितयहि परिस्थितीका कारण व्यवस्था विरुद्ध लडेर थाकेका विप्लवतथामोहन बैद्य जस्ता नेतालाई पनिउर्जा मिलेको छ भने सत्ता गठबन्धनले लगाएको आरोपलाई वलमिलेको छ ।

यद्यपी गठबन्धनले आरोपलगाएझै व्यवस्थाकै विरुद्धमा जाने नैतिकताभने एमालेमा छैन । तर संसदभित्र र वाहिर बाटै व्यवस्थाविरोधीआवाजदह्रो बन्ने परिस्थितीबन्दापनित्यस्तै शक्तीलाई साथदिने एमालेको रणनिति भने शंकास्पद देखिएको छ ।