काठमाडौँ — लगातार तीन वटा खेल जित्दै नेपाल १५ वर्षमुनिको महिला साफ च्याम्पियनशिपको शीर्ष स्थानमा पुगेको छ । नेपाल नौ अङ्कसहित शीर्ष स्थानमा पुगेको हो । आज बुधवार बङ्गलादेशको ढाकामा भएको खेलमा भुटानलाई एक–शून्य गोलले हराउँदै नेपालले शीर्ष स्थानमा रहेर फाइनल खेल्ने पक्का गरेको हो ।
आज नेपालको जितमा सेनु परियारले ४९ औँ मिनेटमा गोल गरिन् । नेपालले यसअघि भुटानलाई सात–शून्य र बङ्गलादेशलाई एक–शून्य गोलले हराएको थियो । भुटानले चार वटै खेल हारेको छ भने बङ्गलादेशको ६ अङ्क रहेको छ । अब नेपालले उपाधिका लागि पर्सि शुक्रवार बङ्गलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया