काठमाडौँ— नेकपा एकीकृत (समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले डोटीमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको खबरले आफु र आफ्नो पार्टी स्तब्ध भएको बताएका छन् ।
विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले उक्त घटनामा परेर मृत्यु हुनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
उनले भूकम्पबाट प्रभावितहरुलाई तत्काल उद्धार र राहत प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई आग्रह गर्दै आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पनि निर्देशन दिएका छन् ।
भूकम्पले सुदूरपश्चिमका डोटी लगायतका जिल्लामा क्षति पुर्याएको थियो ।


प्रतिक्रिया