देश

सुनको मूल्य बढ्यो


काठमाडौँ— सुनको मूल्य एकै दिन एक हजार चार सय रुपैयाँले बढेको छ ।

मंगलवारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला तीन सय रुपैयाँले घटेको थियो। महासंघका अनुसार बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।