Breaking

महिला राजनीतिज्ञको सञ्जाललाई सम्बोधन गर्ने कार्यक्रम आज


काठमाडौँ— राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड पुगेकी छन्। महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्ल्यूपीएल)’ मा सहभागी हुन राष्ट्रपति भण्डारी मंगलबार राति आइसल्यान्ड पुगेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल एस्ट्रिड ब्रेक्किन र डेनमार्कस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तीर्थराज अर्यालले स्वागत गरेका छन् । कतार, जर्मनी हुँदै राष्ट्रपति आइसल्यान्ड पुगेकी हुन्।

भण्डारीले आज उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले आज ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याल लगायत छन्। डब्ल्यूपीएल, आइसल्यान्ड सरकार र त्यहाँको संसदले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्।

भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कार्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ।