Breaking

डोटीका भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने एमालेको घोषणा


काठमाडौँ – नेकपा एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । बुधवार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँ पुगेर पीडितहरुलाई भेटेका मल्लले भूकम्प पीडितहरुको उद्दार र राहतमा सहयोग पुगोस् भनेर उक्त रकम दिने निर्णय गरेको जानकारी दिए । मल्लले उक्त रकम जिल्ला विपद व्यवस्थापन समितिलाई तत्कालै उपलव्ध गराउने बताए ।

पार्टीले गर्ने सहयोगको विषयमा आफूले आधिकारिक रुपमा डोटीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेको समेत उनले बताए ।

भूकम्पका कारण पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ । भूकम्पका कारण ८ घर पूर्णरुपमा क्षति भएका छन् ।