Breaking

खतिवडालाई किन हाने मतदाताले झापड ? आक्रामक बन्दै जनता (भिडियोसहित)


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडालाई एक स्थानीयले झापड हानेका छन् ।

मकवानपुर प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर–२ बाट गठबन्धनको तर्फबाट उम्मेदवार रहेका खतिवडालाई घरदैलो अभियानका क्रममा एक स्थानीयले झापड हानेका हुन् ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ मा भोट माग्न पुगेका खतिवडालाई गाडीबाट ओर्लनसाथ अन्दाजी ५५ वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए ।

के अब नेताका गालामा चट्कन हान्ने बेला आएको हो ? जनताको झापड खाने विरोधमात्रै एक्ला होइनन्, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि झापड खाएको इतिहास छ । बेलाबेला उनी जुत्ता पनि खाइरहन्छन् । पूर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाले कुनै बेला आफ्नै कार्यकर्ताबाट हातपात ब्यहोरेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, डा. बाबुराम भट्टराई र माओवादीका झक्कु सुवेदीले समेत सार्वजनिक स्थानमै दुव्र्यवहार ब्यहोरेका छन् । कतिले कार्यकर्ताकै चट्कन खाएका छन् भने, कतिमाथि जुत्ता प्रहार भएको छ ।

कडा सुरक्षा घेराभित्र रहेका शीर्ष राजनीतिक नेतृत्वले झापड खानु सामान्य कुरा होइन । धेरैले यसलाई राजनीतिक नेतृत्वप्रतिको आक्रोशको रुपमा बुझेका छन् । आजमात्रै विरोध खतिवडामाथि भएको कुटपिट पनि त्यसकै एक पटाक्षेप हो । कतिपय स्थानमा राजनीतिक दल र तीनका उम्मेदवारमाथि थेग्नै नसक्ने प्रश्न उठाएर जनताले बिजोग बनाइदिएका छन् ।

यसले जनता जागरुक हुँदै गएको पनि देखाउँछ । किनकि निर्वाचनकै मुखमा दिइने आश्वासनबाट जनता आजित भएका छन् । एकएक आश्वासनको हिसाव खोज्न,निर्वाचन गतिलो माध्यम बनेको छ । नत्र निर्वाचनकै बलबाट पल्टाउन सक्ने ताकत जनताकै हातमा छ । किनकि जनताकै बलमा नेताहरु आजको व्यवस्थामा हालिमुहाली गरिरहेका छन् । हिजो राणा शासनमा जनता जागेकै कारण देउवाले पटकपटक सत्तामाथि मोज गर्ने मौका पाएका छन् । राजतन्त्र उखेल्न जनता जागेरै प्रचण्ड अहिले शक्तिमा रमाइरहेका छन् । ओली-माधवहरु गणतन्त्रको फल चाखिरहेका छन् । यसरी नै जनता जाग्न थाले बेइमानी गर्नेहरुको खुट्टा टेक्ने ठाउँ हुनेछैन । कि सिद्धिनु, कि सुध्रिनुभन्दा अर्काे विकल्प हुनेछैन ।

त्यसो भए अब के जनता जाग्न बेला आएको हो ? घरदैलोमा आएका नेताहरुलाई जनताले कसरी प्रश्न सोध्नुपर्छ ? एक एक आश्वासनको हिसाव जनताले किन नखोज्ने ? ओलीदेखि देउवासम्मलाई सार्वजनिक मञ्चमै ठाडो प्रश्न गर्नुको अर्थ के ? अनि कतै हुलदंगा र कतै झापड हान्ने अवस्था कसरी आयो ?