काठमाडौँ – नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्य भने मंगलबार स्थिर देखिएको छ । चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया