देश

हेलिकोप्टरबाट सुत्केरीको उद्धार


काठमाडौँ— रुकुम पूर्वअस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि उनलाई गए राति होलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो। रुकुम पूर्वको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत लगिएको हो। जिल्ला अस्पताल रुकुम पूर्वमा उनले शिशुलाई जन्म दिएकी थिइन्।

नवजात शिशुको श्वासप्रश्वास र आमाको पनि स्वास्थ्यमा समस्या देखिएकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पठाएको जिल्ला अस्पताल रुकुम पूर्वका डा नारायण बरालले जानकारी दिए।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको एनए– ०५५ नम्बरको हेलिकोप्टरमा गुरुङलाई सुर्खेत पठाइएको हो ।