देश

खोटाङमा गठबन्धनको जग भत्कीसक्यो : विशाल भट्टराई


काठमाडौँ— नेकपा एमालेका नेता एवं खोटाङबाट प्रतिनिधिसभा उम्मेदवार विशाल भट्टराईले दिनप्रतिदिन आफ्नो जित सुनिश्चत भइरहेको बताउनु भएको छ ।

रावाबेसी गाउँपालिकाको हरमटारमा भएको आमसभामा बोल्दै भट्टराईले विशाल भट्टराई प्रति जनताको बढ्दो आकर्षणले विपक्षीहरुको निद हराम भएको बताउनुभयो । मनोनयन दर्ता पछि जिल्लाका सबै गाउँहरुमा पुगिसकेको बताउँदै उहाँले सूर्य चिन्हमा मतदान गरी विशाल भट्टराईलाई जिताउन जनता मंसिर ४ को बेग्र प्रतिक्षामा रहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘जनताको मनोभावना बुझिसकेका विपक्षी गठवन्धनका उम्मेदवारहरुको मनोबल क्षयीकरण हुँदै गएको छ । एक्लै चुनाव जित्न सक्ने हुती नभएकाहरुले गठवन्धन गरे पनि त्यो गठवन्धनको जग भत्कीसकेको छ । त्यहाँ भित्र ठूलो मतभेद छ, जनताको अपार माया म संग छ ।’ नेपाली काँग्रेसले टिकट नपाए पछि खोटाङका काँग्रेस नेता धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

समाजसेवी एवं जिल्लाका मतदातासंग लोकप्रिय रहेका काँग्रेस नेता धर्मराज पोखरेललाई असन्तुष्ट काँग्रेस शुभचिन्तकहरुले उल्लेख्य मत दिने खोटाङमा व्यापक विश्लेषण छ । सोही कारण पनि एमाले उम्मेदवार भट्टराईले सहजै चुनाव जित्ने कतिपयको आँकलन छ । एमालेबाट प्रदेश सभामा क तर्फ पिके चापकर्ण राई र ख तर्फ राम प्रसाद दंगाल उम्मेदवार हुनुहुन्छ ।

उहाँको भनाई छ, ‘मेरो पाँच वर्षको कामको सुष्म विश्लेषण गरेर खोटाङे जताले मलाई निरन्तरता दिन खोजेका छन्, किनकी मैले पहल गरेर सुरु गरेका विकासका योजनाहरु म नहुँदा अलपत्र हुनेछन् ।जनताले यो कुरा बुझेका छन् ।’रावाबेसी भित्रका जनतालाई खानेपानीको सुविधाका लागि रावा खोलाको पानी लिफ्टीङ योजना, खानेपानीका अरु श्रोतको व्यवस्थापन र सडक लगायत अन्य पूर्वाधार विकासका लागि आफू संधै सक्रिय रहेको उहाँको भनाई छ ।