काठमाडौँ— नेपाल विद्युत प्रधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चुहावट गर्ने १० जनालाई पक्राउ गरेको छ । विद्युत तारमा हुकिङ गरी विद्युत चोरी गरेर प्रयोग गर्दै आएका १० जनालाई पक्राउ गरिएको विद्युत प्राधिकरणले पोखरिया वितरण केन्द्रले जनाएको छ ।
पक्राउ पर्नेमा मुडलीका राजकुमार बिन, गमहरियाका बिनोद साह, रमेश तिवारी, बहुअरीका झोटी यादव, चैनपुरका नन्दु प्रसाद यादव, बागेश्वरीका बृजलाल कुर्मी, रघुनाथपुरका ताहिर अँसारी, एकटाँगाका बिजय यादव, लालबाबु यादव, कन्चनपुरका जैनाथ पासवान रहेका छन् ।गस्ती टोलीले चोरीको विद्युत प्रयोग गरेर सञ्चालन गर्ने गरिएको पानी तान्ने मोटर २ थान, बाईपास गरिएको मिटर र फ्रिज पनि बरामद गरेको छ ।
विद्युत प्राधिकरण बितरण केन्द्र पोखरियाको विद्युत चुवाहट नियन्त्रण टोली, ईलाका प्रहरी कार्यालय पोखरियाको टोली र सशस्त्र प्रहरी सुरक्षा वेस क्याम्प पोखरियाको संयुक्त टोलीले आईतबार राति गस्ती गरेको थियो । उनीहरुलाई ईलाका प्रहरी कार्यालाय पोखरियाको हिरासतमा राखिएको छ ।
जरिवानाका साथै विद्युत चोरी नगर्ने र मिटन जडान गर्ने शर्तमा उनीहरुलाई रिहा गरिने बताईएको छ ।


प्रतिक्रिया