Breaking

प्रकाशमान सिंहलाई लोसपा उम्मेदवारको समर्थन


काठमाडौँ— क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समर्थन गर्ने भएका छन् । लोसपाबाट काठमाडौं १ मा प्रकाश नायजु उम्मेदवार थिए । साथै प्रदेश सभा क्षेत्र (क) का लोसपा उम्मेदवार रणवीरसिंह क्षेत्रीले पनि उम्मेदवारी निस्कृय गर्दै सत्ता गठबन्धनका उम्मेदवार दीपेन्द्र श्रेष्ठलाई सहयोग गर्ने भएको हो ।

प्रदेश सभा क्षेत्र (ख) मा लोसपा उम्मेदवार रहेका करण श्रेष्ठको उम्मेदवारी भने कायमै रहेको छ । सिंह र श्रेष्ठलाई समर्थन गरेका लोसपाका उम्मेदवारहरूले आजदेखि आफ्नो चुनाव प्रचार नगरी सत्ता गठबन्धनका उम्मेदवारको प्रचार गर्ने सहमति पनि भएको छ ।