Breaking

दलहरू आफैँले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरे : आयुक्त भण्डारी


काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइ स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ ।

आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरूसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रूपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पारेका हुन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँधली भएको, मतपेटीका हराएको लगायत घटनाहरूको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

उनले राजनैतिक दल र सरोकारवालाहरूसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमानदारीता देखाउनुपर्नेमा पनि जोड दिए । आचारसंहिता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्तावेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले त्यसप्रति दलहरू पनि जिम्मेवार हुनुपर्ने तर्क उनले गरे ।

उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भएपनि आफूहरूले चुनौती नभइ अवसरको रूपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागु गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे ।

आयुक्त भण्डारीले भने, ‘स्थानीय तहको निर्वाचनमा आचारसंहिताको सन्दर्भमा उठेका सवालहरू र त्यो भन्दा पछाडि अहिले हामीले गर्न लागेका र आचारसंहिता परिपालन गराउन गरिएका प्रयत्नहरूका बारेमा भन्नुपर्दा के आयोगलाई आचारसंहिता परिपालन गराउनलाई कठिन रहेछ रु परिपालन गराउन सक्दैन रु आयोगले खुट्टा कमाउँछ भनेर तीन पटक आरोप लाग्ने रहेछ ।

आचारसंहिता ड्राफ्ट गर्ने बेला राजनीतिक दलको उच्च स्तरको व्यक्तित्वहरू अगाडि राखेर हामी सामूहिक छलफलमा बस्छौँ । त्यो बेलामा आयोगलाई ुतपाईंहरू आचारसंहिता बनाउन त अघि आउनुहुन्छ, तर लागु नै गराउन सक्नुहुन्नु भन्ने पहिलो आरोप आउँछ । आचारसंहिता यसपटक कडाइका साथ लागु गर्छौँ भन्दा “हुन्छ” भन्नुहुन्छ ।

जब हामीले कडाइका साथ आचारसंहिता लागु गर्ने भनेर लाग्छौँ, त्यो बेलामा आचारसंहिता उल्लंघन गर्ने हाँसीहाँसी
हिँड्नुहुन्छ ।

अर्को आरोप विजयी उमेदवारले त कडाइसँग परिपालना गर्‍यो आचारसंहिता, गरायो भन्छन् । पराजितले ‘आयोगले त आचारसंहिता नै लागु गर्न सकेन, फेरि खुट्टा कमायो’ भन्ने आरोप खेप्नुपरेको छ ।

दलहरू र आयोग बीचको संयुक्त दस्ताबेज हो आचारसंहिता । कानुन सबैलाई पढ्ने फुर्सद नहुनसक्छ तर, आचारसंहिता निर्वाचनको मुखमा सबैले पढ्नुहुन्छ, पढेपछि मैले यो गर्न हुनेरहेछ र यो गर्नु नहुने रहेछ भनेर निर्वाचनमा होमिने सबै पक्षहरू जानकार हुनुहुन्छ । हामीले सबैलाई जानकारी गराएर सबैको सहमतिमा आचारसंहिता कार्यान्वयन गर्ने हो, आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भमा आयोग आफ्नो
निष्ठामा प्रतिबद्ध छ ।

निष्पक्षता र आयोगको निष्ठामाथि कहीँबाट शंका,उपशंका नगरे हुन्छ । कडाइकासाथ आचारसंहिता परिपालन गर्नुपर्छ । ताकि निर्वाचन, स्वतन्त्र, निष्पक्ष, भयरहित वातावरणमा यसपटक भयो है अर्थात् सबैले उन्मुक्त वातावरणमा निर्वाचन सम्पन्न भयो भन्नेकुरा महसुस गर्न सकुन् । देश र विदेशले पनि यसलाई विश्वास गर्न सकोस् भन्ने हेतुले हामी आचारसंहिता कार्यान्वयनको पक्षमा छौँ ।’