समाचार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


काठमाडौँ – मकवानपुरको मनहरी गाउँपालिका ६ सुनाचुरीमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबसले विपरित दिशाबाट जाँदै गरेको वाग्मती प्रदेश-०३-००३ प ४९ ३१ नम्बरको मोटरसाइकललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो ।

बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।