Breaking

मन मिल्यो, मंसिर ४ गते मत मिलाएर संविधान विरोधी एमालेलाई हराउछौं : श्यामकृष्ण खड्गी


काठमाडौँ – मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारहरू प्रचारप्रसारमा जुटेका छन् ।

काठमाडौँको क्षेत्र नम्बर ६ मा माओवादीका उम्मेदवारले आफ्नो उम्मेदवारी निस्कृय पार्दै कांग्रेसका भीमसेनदास प्रधानलाई समर्थन गरेका छन् । देशव्यापी वाम–लोकतान्त्रिक गठबन्धन बने पनि काठमाडौँ- ६ मा कांग्रेस र माओवादीका उम्मेदवार थिए । माओवादीको उम्मेदवारीनिस्कृय भएसँगै काठमाडौँ-६ मा पनि वाम–लोकतान्त्रिक गठबन्धन भएको छ ।

माओवादीको उम्मेदवारी निस्कृय भएसँगै कांग्रेस क्षेत्र नं. ६ का सभापति श्यामकृष्ण खड्गीले कांग्रेस र माओवादीको मन मिलेकाले अब निर्वाचनमा मत पनि मिल्ने विश्वास लिए । उनले भने, ‘हाम्रो मन मिलेको छ । अब निर्वाचनमा मत मिलाएर गठबन्धनको उम्मेदवारलाई जिताउनुपर्छ । संविधान र व्यवस्था विरोधी एमालेलाई हराउनुपर्छ ।’

यो क्षेत्रमा कांग्रेसका प्रधान र एमालेका सर्वेन्द्र खनाल मुख्य प्रतिष्पर्धामा छन् । प्रधान दुई पटक निर्वाचित भइसकेका छन् भने पूर्वआइजिपी खनाल पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् ।