काठमाडौँ – आउँदै गरेको फिफा विश्वकप-२०२२ लाई मध्यनजर गर्दै भायाटिभीले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । उक्त अफर अन्तर्गत भायाटिभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्नुका साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टिभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन् ।
भायाटिभीका हालका ग्राहकहरूले रु ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा प्रत्यक्ष हेर्न सक्नेछन् । यो अफर सेट-टप-बक्स प्रयोगकर्ताहरूको लागि मात्र मान्य हुनेछ। यसबाहेक भाया टिभीको “ब्रिंग होम दगेम” अफर अन्तर्गत ग्राहकहरूले रु.१५० प्रति महिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिना सम्ममा २०० एमबिपिएस भायानेट अल्ट्रा-फाई इन्टरनेट पनि पाउन सक्नेछन् ।
वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु. १२,१२३ सम्ममा र ४३ इन्चको स्मार्ट टिभी मात्र रु. २४,३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने छन् ।
यसका साथै भायाटिभीको आइएसपी पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु रसेट-टप-बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि लिन सक्ने विकल्प दिएको छ ।


प्रतिक्रिया