समाचार

लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु


काठमाडौँ – भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीनजिकै मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका २ का २७ वर्षीय पुण्यबहादुर बोहराको मृत्यु भएको हो । गम्भीर घाइते भएका बोहराको उपचारको क्रममा गठ्ठाघरस्थित नागरिक अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त थिमीले जनाएको छ ।

काठमाडौँबाट भक्तपुरतर्फ जाँदै गरेको प्रदेश ३-०२- ०१२ प ६३३५ नम्बरको मोटरसाइकललाई गएराती सवा १० बजे नम्बर नखुलेको सवारी साधनले ठक्कर दिएको हो । ठक्कर दिएर फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।