देश

लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर


काठमाडौँ – नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ । आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बुको तेन्जिङ-हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो ।

विश्वभर ४१ हजार विमानस्थल रहेका छन् । आर्टमिस एरोडमस्पेसले विश्वका ६ वटा विमानस्थलका रनवलेलाई सूचमा राखेको छ । जसमा पहिलो नम्बरमा स्कटलेन्डको बाररा एयरपोर्ट, दोस्रो नम्बरमा ग्रिसको स्कीयाथोस एलेक्जेन्ड्रोस पापाडिमान्टिस एयरपोर्ट रहेको छ ।

तेस्रो नम्बरमा रहेको तेन्जिङ-हिलारी एयरपोर्ट विश्वको खतरायुक्त विमानस्थलको रुपमा परिचित रहेको छ । विश्वको शिखर सगरमाथा आरोहणकालागि लुक्ला विमानस्थल प्रयोग हुन्छ । ९ हजार ३३४ फिछ उचाईमा विमानस्थल रहेको छ ।

नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दरमा परेको छ । आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बुको तेन्जिङ-हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो ।

विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६ वटा विमानस्थलका रनवलेलाई सूचीमा राखेको छ । जसमा पहिलो नम्बरमा स्कटलेन्डको बाररा एयरपोर्ट, दोस्रो नम्बरमा ग्रिसको स्कीयाथोस एलेक्जेन्ड्रोस पापाडिमान्टिस एयरपोर्ट रहेको छ ।

तेस्रो नम्बरमा रहेको तेन्जिङ–हिलारी एयरपोर्ट विश्वको खतरायुक्त विमानस्थलको रुपमा परिचित रहेको छ । विश्वको शिखर सगरमाथा आरोहणकालागि लुक्ला विमानस्थल प्रयोग हुन्छ । ९ हजार ३३४ फिट उचाइमा विमानस्थल रहेको छ ।