Breaking

काठमाडौँ १६ का वडाध्यक्ष रिजाललाई ५ हजार जरिवाना


काठमाडौँ – काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले जरिवाना गरेको छ । वडाध्यक्ष रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको निर्वाचन आयोगले जनाएको छ ।

रिजालले निर्वाचन आचारसंहिता विपरित काठमाडौँ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसको प्रचार प्रसारमा संलग्न भएको पुष्टि भएपछि आयोगले जरिवाना गरेको हो । रिजालले निर्वाचन प्रचारप्रसारमा संलग्न भई आफ्नो फेसबुक पेजमार्फत फोटो सार्वजनिक गरेको पाइएको थियो ।

रिजालले निर्वाचन आचारसंहिता २०७९ को दफा ५ खण्ड (क) को प्रतिबन्धात्मक वाक्याशं (४) प्रतिकुल हुनेगरी निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघन गरेको कार्य पुष्टी भएकोले निर्वाचन आयोग ऐन, २०७९ को दफा २३ को उपदफा (३) बमोजिम जरिवाना गरिएको छ ।