Breaking

चुनावपछि देशमा स्वर्णयुग नै आउने हो त ? पुरानै अनुहार जित्ने अवस्थामा होला त परिवर्तन ?


काठमाडौँ— देश चुनावी संघार रहदाँ दल र उम्मेद्वार आफ्ना एजेण्डा र दावी सहित मतदाताका घरघरमा पुगिरहेका छन । कसैले यसलाई अग्रगामी र प्रतिगामी शक्तीविचको महासंग्रामका रुपमा अथ्र्याएका छन भने कसैले राष्ट्रवादी र विदेशीको ईशारामा चल्ने शक्तीबीचको भिडन्तको रुपमा प्रष्याउने गरेका छन् ।

पछिल्लो शक्ति संघर्षलाई हेर्दा चुनाव पछिको देशको परिस्थितबारे कस्तो संकेत गर्छ त ?प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिदै जादाँ दल तथा उम्मेद्वारहरु मतदाताको घरसम्म पुगिरहेका छन । निर्वाचन आयोगले आगामी मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न पाईने बताएपछि सभा सम्मेलन र भेटघाटमा व्यस्त उनीहरुको दौडधुप समेत बढेको छ । यहि दौडमा सत्ता गठबन्धन तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको संविधान विरोधी हर्कलाई प्रमुख मुद्धा बनाएर अघि बढेको छ । ओलीले संविधान र व्यवस्था नै सकाउन खोजेको बताउने उनीहरु यहि कारण गठबन्धन बनेको र देश वचाउन यसको विकल्प नभएको बताँउदै आएका छन । यता ओली भने संसदविघटन बाध्यता भएको बताँउदै आएका छन भने आफूहरु मात्र राष्ट्रवादी शक्ती भएको भाष्य निर्माणमा व्यस्त छन ।

सत्ता गठबन्धन केवल सत्ता प्राप्तिका लागि विचार र सिद्धान्त नै नमिल्नेहरुवीच भएको तालमेल बताउने उनी आफू भने व्यवस्था विरोधी राप्रपालाई साथ दिईरहेको छन । नागरिकता विधेयक र मधेश मुद्धाकै विषयमा मत नमिल्ने जसपालाई समेत साथ लिएर अघि बढेका उनी देशको समृद्धीको आधार एमालेको जित भएको बताईरहेको छन । सत्ता गठबन्धनले जिते देश विदेशीको खेलमैदान हुने दावी सहित एमाले उम्म्दवारले भोट मागीरहँदा ओली केवल गाली कै भरमा चुनाव जित्ने प्रपन्चमा छन ।तर यहिवीचमा पुरातन शक्ती नै काम नलाग्ने भन्दै विकल्पको राजनिति गर्ने दावी नयाँ दल र स्वतन्त्रहरु पनि चुनावी दौडमा छन । नो नट अगेनको मुद्धाले सामाजिक सन्जाल तातिदै गर्दा यो निर्वाचन परिवर्तको आधार बन्ने बताउनेहरु पनि छन । यहि कारण यसले सकारात्मक परिणाम दिन नसके त्यसको शिकार यो व्यवस्था नै बन्ने सम्मका विश्लेषण भइरहेकोे छ ।

स्थानीय निर्वाचनमा स्वतन्त्रतर्फ देखिएको उछालले समेत यो निर्वाचन परिवर्तनको आधार बन्ने अपेक्षा गर्नेहरु बढेका छन । तर पुरानै र विशेषत टेष्टेट अनुहार दोहोरिने सम्भावना नै अहिले बलियो बनेको छ ।अर्कातर्फ सिद्धान्तगत धुव्रीकरण नभएको अहिलेको अवस्थामा कुनै एक शक्ती वलियो बन्ने सम्भावना छैन । जसले अस्थिरता अझै नसकिने यस क्षेत्रका जानकारहरु बताउछन । अहिले पनि मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेवीच छ भने माओवादी तेश्रो शक्ती बन्ने दाउमा छ । त्यसमाथि प्रधानमन्त्रीमा देखिएको माओवादी अध्यक्ष प्रचण्डको आशक्ती र कम्युनिष्टको कम्युनिष्टसंगै प्रतिस्पर्धाको अवस्थाले पनि कांग्रेसले सोचे जस्तै स्थिर सरकारको सपना पुरा हुने सम्भावना कम छ । कुनै पार्टीको जसले गठबन्धनकै भविष्यमाथि नै प्रश्न उठन सक्ने देखिन्छ भने कुनै दलले वहुमत ल्याउन नसक्ने अवस्थाले पुन देश अस्थिरताको शिकार हुने देखिन्छ ।

त्यस्तै दलहरुको घोषणापमै र सार्वजनिक चर्चामा समेत प्रदेशको विषय छायामा पर्दा संघियता कार्यान्वयमा यो निर्वाचन कोशेढुंगा सावित हुने आशा पनि पुरा हुने देखिदैन । यहि कारण पुराना नेताहरु समेत यो निर्वाचन निर्वाचन नभई लडाई भएको र यसले अझ अस्थिरता अराजकता मौलाउने बताउछन । हुन त अवका निर्वाचन पुस्तान्तरण र एजेण्डाका दृष्टिले परिवर्तनका आधार बन्ने विश्लेषण गर्नेहरु पनि धेरै छन । यसो भन्नुमा धेरै अनुहारको यो अन्तिम निर्वाचन हुनुलाई पनि प्रमुख कारण मानिएको छ भने मतदातामा आएको परिवर्तन पनि अर्को कारण हो । जुन निर्वाचनको संख्यासंगै अझ वलियो बन्दै जानेमा दुईमत छैन ।

तर खिचडी बनेको राजनीतिक परिस्थिती र वृद्ध नेताकै आशिर्वादले अघि बढेका दोश्रो तहका नेताले नेतृत्व गर्ने अवको समय पनि स्वर्णयुग नै बन्ला भन्ने विश्वास गर्ने ठाँउ छैन । त्यसमा पनि नयाँ अनुहारले दवाव दिन पनि नसकेको र पुरानै अनुहार दोहोरिने पक्का भएको यो निर्वाचनमा त झन त्यो आशा गर्नु उचित देखिँदैन ।